close

संक्रमितलाई पौष्टिक आहार, घरमै पुगेर गर्छन जनप्रतिनिधि स्याहार (भिडियो खबर)

संक्रमितलाई पौष्टिक आहार, घरमै पुगेर गर्छन जनप्रतिनिधि स्याहार (भिडियो खबर)

ADVERTISEMENT

 

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रूपन्देहीको बुटवल उपमहानगरपालिकाले टोल-टोलमा पुगेर निःशुल्क रुपमा कोरोना परीक्षण गर्न सुरु ग‍र्‍यो, संक्रमितलाई औषधि पनि प्रदान ।


२) तनहुँको म्याग्दे गाउँपालिकाद्वारा कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय, सहगोगका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब जम्मा गर्ने ।

 

३) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोनाका गम्भीर बिरामीलाई सुविधा सम्पन्न अस्पताल लैजान निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न सरकारसँग माग ग‍र्‍यो, संक्रमित महंगो मुल्य तिरेर हेलिकोप्टर चार्टर गर्न बाध्य ।

 

४) ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले कोरोेना संक्रमितलाई पौष्टिक आहार वितरण गर्न थाल्यो, हालसम्म ५१ जना संक्रमितले पाए पौष्टिक आहार ।

 

५) सुर्खेतको भेरीगंगा नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।

 

६) ताप्लेजुङको मैवाखेला गाउँपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।

 

७) टोल-टोलमा पुगेर कोरोना परीक्षण गर्दै तेह्रथुमको म्याङलुङ नगरपालिका, नगरपालिकाले लक्षण देखिएकाहरुको कोरोना परीक्षण गर्ने ।

 

८) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको प्रशासन शाखामा कार्यरत कर्मचारी कृष्णदेव लुवान्जारको निधन, लुवान्जारको निधनको शोकमा १९ जेठमा पालिका र मातहतका कार्यालय बन्द हुने ।

 

९) पर्वतको कुश्मा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हिमालयन भेनिगर प्रालिद्वारा २० हजार रुपैयाँ सहयोग प्रदान, पालिकाको कोषमा रकम सहयोग गर्नेहरु बढ्दै ।

 

१०) प्रदेश २ की सांसद रिना यादवले एक वर्ष देखि निजी प्रयोगमा ल्याएको महोत्तरीको सम्सी गाउँपालिकाको एम्बुलेन्स बल्ल फिर्ता गरिन, महामारीको बेला एम्बुलेन्स बिरामी बोक्न प्रयोग गरिने ।

 

११) काठमाडौंको नागार्जुन नगरपालिकालाई निडा संस्थाद्वारा विभिन्न स्वास्थ्य सामग्री प्रदान, नगरप्रमुख महोहनबहादुर बस्नेतले बुझे स्वास्थ्य सामग्री ।

 

१२) कोरोना संक्रमितको प्रतिरक्षात्मक क्षमता बढाउन नृत्य र योग अभ्यास गराउँदै बागलुङको ताराखोला गाउँपालिका, अस्थायी कोभिड अस्पतालमा दैनिक हुन्छ नाचगान ।

 

१३) निषेधाज्ञाका कारण काम गर्न नपाएर छाक टार्न धौ धौ भएका ६६ परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा राहत वितरण, राहत अन्तरगत विपन्न परिवारले पाए विभिन्न खाद्य सामग्री ।


१४) कोरोना संक्रमितको उपचारका लागि स्याङ्जाको वालिङ नगरपालिकालाई स्थानीय र संघसंस्थाले रकम सहयोग गर्दै, औषधि, स्वास्थ्य सामग्री र रकम सहयोग गर्नेहरु बढ्दै ।

 

१५) बर्दियाको ठाकुरबाबा नगरपालिकाले वडा-वडा पुगेर नगरवासीको निशुल्क कोरोना परीक्षण गर्न थाल्यो, ३२ जनाको  कोरोना परीक्षण गर्दा  १५ जनाको रिपोर्ट पोजेटिभ ।


१६) अत्यावश्यक बाहेकका पेशा व्यवसाय सञ्चालन नगर्न काभ्रेको बेथानचोक गाउँपालिकाले जारी गर्‍यो सूचना, स्वास्थ्य मापदण्ड पालना गर्न पालिकावासीलाई आग्रह ।

 

१७) दैलेखका स्थानीय तहले कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितको उपचार गाउँमै गर्न आइसोलेसन कक्ष र अस्पताल निर्माण गरे, संक्रमित बढेपछि पालिकाहरुले दिने सेवा भने प्रभावित ।

 

१८) बाजुराको त्रिवेणी नगरपालिकाले सञ्चालनमा ल्यायो कोभिड अस्थायी अस्पताल, अस्पताल सञ्चालनमा आएपछि नगरबासी दंग ।

 

१९) कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी स्वास्थ्यकर्मीको टोलीसहित कोरोना संक्रमितको घर–घर पुग्न थाले, घोडाघोडीमा १०५ जना सक्रिय संक्रमित होमआइसोलेसनमा बस्दै ।

 

२०)  नगरसभा सदस्य रेणुका परियारको निधनको शोकमा धादिङको धुनिवेशी नगरपालिका तथा वडा कार्यालय बन्द ।