close

कोरोना संक्रमितको हेरचाहमा जुट्न थाले स्थानीय तह

कोरोना संक्रमितको हेरचाहमा जुट्न थाले स्थानीय तह

Trulli
ADVERTISEMENT

ओखलढुंगा- जिल्लामा कोरोना भाइरसको संक्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका जनप्रतिनिधिले संक्रमितलाई राहत प्याकेज ल्याउन सुरु गरेका छन् । 
मोलुङ गाउँपालिकाले औषधीसहित स्वास्थ्य परामर्श दिन थालेको छ । त्यसलगत्तै चम्पादेवी गाउँपालिकाले संक्रमित भएर जटिल उपचार गराउनुपरे उपचार खर्चबापत ३० हजार उपलब्ध गराउने निर्णय गर्‍यो । 

 

गाउँपालिका अध्यक्ष नवराज केसीले बिरामीलाई अस्पतालसम्म लैजान सहयोग पुगोस् भनेर यस्तो निर्णय गरिएको जानकारी दिए । मानेभन्ज्याङ गाउँपालिकाले पोषणयुक्त खाद्यवस्तु वितरण गर्न थालेको छ । 

 

जनप्रतिनिधिहरू पनि जिम्मेवार बन्न थालेका छन् । बिरामीको अवस्था बुझ्न होम आसोलेसनमा रहेका संक्रमितको घरघरमा पुग्न पुग्न थालेको स्थानीयले बताए ।

 

स्वास्थ्यकर्मी सहित संक्रमितको घर पुग्दा जनप्रतिनिधिले पोषिलो खानेकुरा, भिटामिन, औषधीलगायत सेवासमेत लिएर जाने गरेको पाइएको छ । सुनकोसी गाउँपालिकाले संक्रमित रहेका घरघरमा गएर भिटामिन, औषधी र थप पोषिलो खानेकुरा वितरण गरिरहेको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए ।

 

त्यस्तै, मानेभन्ज्याङ गाउँपालिकाले कोरोनाबाट संक्रमितलाई अन्डा, हर्लिक्सलगायत पोषिलो राहत उपलब्ध गराउन थालेको हो । उक्त गाउँपालिकाले राहतस्वरूप प्रतिव्यक्ति औषधि सेट, १ क्रेट अन्डा र हर्लिक्स उपलब्ध गराइरहेको छ ।

 

हालसम्म मानेभन्ज्याङ गाउँपालिकाबाट वडा नम्बर २, ३ र ४ का ६५ जना संक्रमितलाई खानेकुरा र औषधी उपलब्ध गराइएको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष उमेश कार्कीले बताए । यसअघि गाउपालिको ५१ जनालाई उक्त सेवा प्रदान गरेको थियो ।

 

चम्पादेवी गाउँपालिकाले पनि अवस्थाको ख्याल गर्दै पोषिलो खानेकुरा उपलब्ध गराउन थालेको जनाएको छ ।