close

संक्रमितलाई पालिकाको उपचार, वडाध्यक्षमाथि प्रहरीको दुर्व्यवहार (भिडियो खबर)

संक्रमितलाई पालिकाको उपचार, वडाध्यक्षमाथि प्रहरीको दुर्व्यवहार (भिडियो खबर)

ADVERTISEMENT

 

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले टोल-टोलमा पुगेर निःशुल्क रूपमा कोरोना परीक्षण गर्न थाल्यो, पालिकाले २६ जेठसम्म कोरोना परीक्षण गर्ने ।

 

२) खोटाङको केपिलासगढी गाउँपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।


३) नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले आफूले पाउँदै आएको सुविधाबापतको रकमबाट एक कर्मचारीलाई दिए पुरस्कार, विपद् व्यवस्थापनमा शाखामा कार्यरत प्रदीपकुमार तिवारीले पाए ५० हजार पाँच सय पुरस्कार ।


४) झापाको मेचीनगर नगरपालिकाले अब सातामा दुई पटक मात्र स्वाब संकलन गर्ने, संक्रमणको दर घट्दै गएपछि आइतबार र बुधबार मात्र स्वाब संकलन गर्ने । 

 

५) पर्वतको फलेबास नगरपालिकाद्वारा २९ जना किसानलाई प्लास्टिक टनेल वितरण, टनेल पाउँदा किसान दंग ।


६) काठमाडौंको टोखा नगरपालिका-७ मा खानेपानीको समस्या न्यूनीकरण गर्न नगरपालिकाले डिप बोरिङ ग‍र्‍यो, नगरप्रमुख प्रकाश अधिकारीले गरे डिप बोरिङको शिलान्यास ।


७) गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ९ शय्याको अस्थायी कोभिड अस्पताल तयार पार्‍यो, संक्रमितले पाउने भए उपचार ।

 

८) टोल-टोलमा पुगेर कोरोना परीक्षण गर्दै तेह्रथुमको म्याङलुङ नगरपालिका, नगरपालिकाले लक्षण देखिएकाहरूको कोरोना परीक्षण गर्ने  ।


९) उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा उदयपुर सिमेन्ट उद्योगले अक्सिजनसहितको १५ बेडको आइसोलेसन तयार,होम आइसोलेसनमा बस्न असहज भएकालाई सो आइसोलेसनमा राखिने ।

 

१०) भक्तपुर नगरपालिकाले नगर क्षेत्रका डेरीमा गर्‍यो अनुगमन, अनुगमनका क्रममा पालिकाले डेरीमा अखाद्य वस्तु फेला पार्‍यो ।

 

११) कोरोना भाइरसको संक्रमणदर दैनिक बढ्न थालेपछि ओखलढुंगाका स्थानीय तहका जनप्रतिनिधिले संक्रमितलाई राहत प्याकेज ल्याउन सुरु गरे, चम्पादेवी गाउँपालिकाले गम्भीर बिरामीलाई उपचार खर्चबापत ३० हजार उपलब्ध गराउने ।

 

१२) आन्तरिक मूल्यांकनमार्फत विद्यार्थीको परीक्षाफल प्रकाशित गर्ने सुनसरीको दुहबी नगरपालिकाको निर्णय, विद्यालयले जेठ मसान्तभित्र एकसाथ परीक्षाफल प्रकाशन गर्नुपर्ने ।


१३) झापाको अर्जुनधारा नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धनाको बिउ उपलब्ध गराउने, बिउ लिने इच्छुक कृषकले २५ जेठभित्र पालिकामा सम्पर्क गर्नुपर्ने ।


१४) एन्जिलिना शिवशक्ति ट्रस्टले नुवाकोटका स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गर्‍यो, कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामग्रीले सहयोग पुग्ने ।


१५) दाङको घोराही उपमहानगरपालिका-१५ का वडाध्यक्ष रमेश पाण्डेमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिए जनप्रतिनिधि, १९ वटै वडा कार्यालय बन्द ।


१६) मकैबालीमा फौजी किराले नोक्सान गरेपछि काभ्रेको नमोबुद्ध नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा विषादी वितरण गर्न थाल्यो, किसानले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने ।

 

१७) ताप्लेजुङको मैवाखेला गाउँपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।

 

१८) बर्दियाको ठाकुरबाबा नगरपालिकाले वडा-वडा पुगेर नगरवासीको निशुल्क कोरोना परीक्षण गर्न थाल्यो, पालिकामा अत्यावश्यबाहेकका सेवा बन्द ।

 

१९) कोरोनाको जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले वडागत रूपमा सेवा दिने, पालिकाले सेवा दिने बार तोक्यो ।


२०) काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले महाँकाल स्वास्थ्य चौकीमा कोरोनाको लक्षण देखिएका नगरबासीको गर्‍यो निःशुल्क कोरोना परीक्षण ।