close

कोरोना नियन्त्रणमा गज्जव गल्याङ, दूध उत्पादनमा भगवतीमाईको छलाङ (भिडियो खबर)

कोरोना नियन्त्रणमा गज्जव गल्याङ, दूध उत्पादनमा भगवतीमाईको छलाङ (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) अक्सिजन प्लान्ट स्थापना गर्न झापाको कन्काई नगरपालिकालाई सहयोग जुट्दै, व्यक्ति र संघसंस्थाले रकम सहयोग गर्दै ।


 २) रामेछाप नगरपालिकामा कोरोनाका संक्रमित बढेपछि अत्यावश्यकबाहेकका सेवा बन्द, २६ जेठसम्म नगरपालिका र वडा कार्यालयहरू पनि बन्द हुने ।


३) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले समुदायमै पुगेर निःशुल्क रूपमा कोरोना परीक्षण गर्न थाल्यो, पालिकाले २३ जेठसम्म कोरोना परीक्षण गर्ने ।

 

४) काभ्रेको धुलिखेल नगरपालिकाद्वारा कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ दिने निर्णय, धुलिखेलमा हालसम्म कोरोना संक्रमणबाट २८ जनाको मृत्यु ।

 

५) गाउँ नै कोरोना संक्रमणले प्रभावित भएपछि जुम्लाको तातोपानी गाउँपालिका-६ को रावतबाडा गाउँ एक साताका लागि सिल, पालिकाले परीक्षणको दायरा बढायो ।

 

६) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चिनियाँ भेरोसेल खोप लगाउने विषयमा स्वास्थ्य शाखासँग गर्‍यो छलफल, २५ जेठदेखि ज्येष्ठ नागरिकलाई खोप लगाइने ।

 

७) आगामी आर्थिक वर्षका लागि सरकारले स्थानीय तहका सन्दर्भमा प्रस्तुत गरेको बजेट र स्थानीय तहले बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयमा गाउँपालिका राष्ट्रिय महासंघले विज्ञहरूसँग गर्‍यो छलफल, छलफलमा जनप्रतिनिधिको सहभागिता ।

 

८) मकवानपुरको राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाली कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गर्‍यो, सामग्री गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण ।

 

९) पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि पालिकाबासीसँग माग्यो राय सुझाव, राय सुझाव ७ दिनभित्र पालिकाले इमेलमा पठाउनुपर्ने ।

 

१०) कोरोना परीक्षणको दायरा बढाउँदै सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, पालिकाले क्वारेन्टाइन र आइसोलेसनमा बेड थप्यो ।

 

११) होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका संक्रमितलाई भेट्दै स्याङ्जाको गल्याङ नगरपालिका, लायन्स क्लब अफ गल्याङ सिटीद्वारा नगर अस्पताललाईे हाइफलो अक्सिजन मेसिन प्रदान ।


१२) नुवाकोटको ककनी गाउँपालिकाद्वारा कोरोना लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत २५ हजार रुपैयाँ उपलब्ध गराउने, संक्रमण पुष्टि भएकालाई पनि पाँच हजार रुपैयाँ दिने ।

 

१३) कालीकोटको तिलागुफा नगरपालिकाले १० शय्याको नगर अस्पताल निर्माण गर्‍यो, अस्पतालले सेवा दिन थालेपछि नगरबासी दंग ।

 


१४) कोरोनाको जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले वडागत रूपमा सेवा दिने, पालिकाले सेवा दिने बार तोक्यो ।

 

 

१५) अक्सिजन प्लान्ट सञ्चालन गर्न रकम जुटाउँदै भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषमा रकम बढ्दै ।

 


१६) दाङको घोराही उपमहानगरपालिकाले समुदायमै पुगेर निःशुल्क कोरोना परीक्षण गर्न थाल्यो, १९ वटै वडामा रहेका कोरोना संक्रमितको स्वास्थ्य अबस्था बुझ्न घरघरमा स्वास्थ्यकर्मी परिचालन ।

 

१७) बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने, चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको परिवारलाई राहत रकम सहयोग गर्ने पालिकाको निर्णय ।

 


१८) जाजरकोटको बारेकोट गाउँपालिका कोरोना संक्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउन घरदैलोमा पुग्न थाल्यो, गाउँ-गाउँमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि परिचालन ।

 


१९) दैलेखको भगवतीमाई गाउँपालिकाले पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने, उन्नत जातका भैँसी र जर्सी गाई खरिद गरेर किसानलाई वितरण ।

 


२०) संक्रमण हुने डरले स्वास्थ्य संस्थामा पालिकाबासी आउन छाडेपछि डोल्पाको ठूलीभेरी नगरपालिकाले घर-घरमा पुगेर कोरोना परीक्षण गर्न थाल्यो ।