close

  पालिकामा दिनभर: पालिकावासीलाई मैवाखोलाको साथ, डोल्पामा कोरोनाको त्रास (भिडियो खबर)

  पालिकामा दिनभर: पालिकावासीलाई मैवाखोलाको साथ, डोल्पामा कोरोनाको त्रास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) खोटाङको खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधि कोरोना संक्रमित भेट्न घरघरमा पुग्न थाले, दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई बिरामीको उद्धारमा आफैँ खटिँदै ।

 

२) रूपन्देहीको सैनामैना नगरपालिकाको कोभिड अस्पताललाई स्वास्थ्य सामग्री खरिदका लागि रकम सहयोग गर्नेहरू बढ्दै, संघ-संस्था र व्यक्तिले सहयोग गर्दै ।


३) कोरोना संक्रमणका कारण रौतहटको गरुडा नगरपालिकाका-२ का वडाध्यक्ष विसुनदेव सहनीको निधन, निमोनिया र कोरोना संक्रमण पुष्टि भएपछि सहनीलाई काठमाडौंको सिभिल अस्पतालमा गरिएको थियो भर्ना ।


४) कोरोना परीक्षणको दायरा बढाउँदै सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, पालिकाले टोलटोलमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्न थाल्याे।

 

५) बाराको निजगढ नगरपालिकाको २ र ३ नम्बर वडाको प्री फ्याब कोरियन प्रविधिको कार्यालय भवन निर्माण हुने, नगरप्रमुख सुरेश खनालले गरे भवनको शिलान्यास ।

 

६) ताप्लेजुङको मैवाखोला गाउँपालिकाद्वारा कोरोना संक्रमितलाई तीन हजार रुपैयाँका दरले भत्ता र  संक्रमणबाट मृत्यु हुनेको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय ।


७) टोल-टोलमा पुगेर कोरोना परीक्षण गर्दै काठमाडौं महानगरपालिका, महानगरले लक्षण देखिएकाहरूको कोरोना परीक्षण गर्ने ।

 

८) स्याङ्जाको गल्याङ नगरपालिकालाई बुटवल पावर कम्पनी र आँधीखोला जलविद्युत् केन्द्रले प्रदान गर्‍यो विभिन्न स्वास्थ्य सामग्री, पालिकाले कोरोना परीक्षणको दायरा पनि बढायो ।


९) काभ्रेको पनौती नगरपालिकाद्वारा नागरिक आरोग्य सेवा केन्द्रलाई विभिन्न प्रकारका आयुर्वेदिक औषधी प्रदान, अब सेवा केन्द्रले औषधी पालिकावासीलाई वितरण गर्ने ।


१०) कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै हुम्लाको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले गरे हातपात, हुम्लामा संक्रमित बढ्दै ।

 

११) कोरोना रोकथाम र नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले काभ्रेको धुलिखेल नगरपालिकालाई दियो विभिन्न  स्वास्थ्य सामग्री, नगरप्रमुख अशोक ब्याञ्जुले बुझे स्वास्थ्य सामग्री ।


१२) ढुंगा, गिटी र बालुवा उत्खननका लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई दियो संकलनको अनुमति, सन्ध्या सन्देश निर्माण सेवाले पायो अनुमति ।

 

१३) दाङको घोराही उपमहानगरपालिकाले समुदायमै पुगेर निःशुल्क कोरोना परीक्षण गर्न थाल्यो, १९ वटै वडामा रहेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घरघरमा स्वास्थ्यकर्मी परिचालन ।

 

१४) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले समुदाय स्तरमै कोरोना परीक्षण सुरु गर्‍यो, २३ जेठसम्म अति प्रभावित क्षेत्रको स्वाब संकलन तथा परीक्षण गरिने ।

 

१५) कोरोना संक्रमितको स्वास्थ्य सेवाको लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघरमा पुग्न थाले, संक्रमितलाई स्वास्थ्य सामग्री पनि प्रदान ।

 

१६) कालीकोटको तिलागुफा नगरपालिकाले १० शय्याको नगर अस्पताल निर्माण गर्‍यो, अस्पतालले सेवा दिन थालेपछि नगरबासी दंग ।

 

१७) रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि पालिकाबासीसँग माग्यो राय सुझाव, राय सुझाव २९ जेठभित्र पालिकामा पठाउनुपर्ने ।

 

१८) मोरङको लेटाङ नगरपालिकाले कोरोना परीक्षणको दायरा बढायो, जनप्रतिनिधि पनि कोरोना नियन्त्रणमा सक्रिय ।


१९) अक्सिजन प्लान्ट स्थापना गर्न झापाको कन्काई नगरपालिकालाई सहयोग जुट्दै, व्यक्ति र संघ-संस्थाले रकम सहयोग गर्दै ।


२०) डोल्पाको डोल्पो बुद्ध र शे-फोक्सुन्डो गाउँपालिकामा रुघाखोकी र ज्वरोका बिरामी घरघरमा फेला परे, बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँले त्रसित ।