close

अन्न फलाउनेलाई सुनको हलो, बाढीले गर्‍याे जताततै कुभलो (भिडियो खबर)

अन्न फलाउनेलाई सुनको हलो, बाढीले गर्‍याे जताततै कुभलो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) इलामको सूर्योदय नगरपालिकाका १४ वटै वडामा एकसाथ वृक्षारोपण अभियान सुरु, अभियान एक महिनासम्म चल्ने ।


२) नवलपुरको गैँडाकोट नगरपालिकाले नगर अस्पतालको आधुनिक भवन निर्माण गर्न सुरु गर्‍यो, भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने ।


३) खरको छानामुक्त अभियानमा गुल्मीको धुर्कोट गाउँपालिका ५ नम्बर वडा खरका छानो मुक्त ।

 

४) बजेट निर्माणको चटारोमा देशभरका स्थानीय तह, पालिकाहरूले स्थानीयसँग राय सुझाव मागे ।

 

५) सिन्धुपाल्चोकमा बाढीको बितन्डा, मेलम्ची नगरपालिकाको होटल रोजमा फसेकालाई नेपाली सेनाको टोलीले गर्‍यो हवाई उद्धार ।

 

६) गुल्मीका पाँच स्थानीय तहलाई हेफरद्वारा ८० लाख रुपैयाँ सहयोग हस्तान्तरण, कोरोना संक्रमण रोकथाम नियन्त्रणमा उक्त रकमले पालिकाहरूलाई सहयोग पुग्ने ।


७) नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ को वडा कार्यालयबाट गत २४ चैतमा भत्ताको ५० लाख रुपैयाँ चोरी प्रकरणमा संघीय मामिला मन्त्रालयले छानबिन थाल्यो, ज्येष्ठ नागरिकले अझै भत्ता पाएनन् ।

 

८) उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न स्थानीय र संघ-संस्थाको साथ, आर्थिक सहयोग गर्ने दाताहरूको संख्या बढ्दै ।

 

९) धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर ९ ले आफ्नै भवनबाट सेवा दिन थाल्यो, नगरप्रमुख बालकृष्ण आचार्यले गरे नवनिर्मित कार्यालय भवनको उद्घाटन ।

 

१०) भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा जडान गरेको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गर्‍यो, प्लान्टबाट दैनिक एक सय २० सिलिण्डर अक्सिजन उत्पादन हुने ।

 

११) उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ ले वडाभरिका सबै घरधुरीलाई थर्माेमिटर र औषधि वितरण अभियान सुरु गर्‍यो, १३ सय घरधुरीलाई सामग्री वितरण गर्ने लक्ष्य ।

 

१२) सल्यानको शारदा नगरपालिकालाई नेपाल चिकित्सक संघले दियो दुई थान कन्सन्ट्रेटर,  कन्सन्ट्रेटर पालिकालाई हस्तान्तरण ।

 

१३) स्याङ्जाको फेदीखोला गाउँपालिकाले सञ्चालनमा ल्यायो सिटिजन पोर्टल, पोर्टलमार्फत आगामी वर्षको नीति, कार्यक्रम र बजेटका विषयमा पालिकाबासीले सुझाव दिन सक्ने ।

 

१४) नगरसभामा प्रस्तुत हुने आगामी वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेटका विषयमा काठमाडौंको नगार्जुन नगरपालिकाको राजस्व परामर्श समितिको बैठक सम्पन्न, बैठकले गर्‍यो महत्त्वपूर्ण विषयमा छलफल ।


१५ ) काभ्रेको बनेपा नगरपालिकाले चण्डेश्वरी मन्दिरदेखि सहिद स्मारक हुँदै गोसाइँस्थानसम्म पुग्ने एक हजार ६ सय सिँढी निर्माण गर्ने, नगरप्रमुख लक्ष्मीनरसिहं वादेले गरे सिँढी निर्माणको शिल्यान्यास ।

 

१६) मुख्यमन्त्री कृषक सम्मान कार्यक्रममार्फत कर्णाली प्रदेशले सर्वोत्कृष्ट १ जना कृषकलाई सुनको हलो दिने, उत्कृष्ट २ जना कृषकले ४० लाख रुपैयाँ पाउने ।


१७ ) खोटाङको साकेला गाउँपालिकाले चालू आर्थिक वर्षभित्र सञ्चालित सबै योजना र कार्यक्रमको भुक्तानी लिन गर्‍यो निर्देशन, २० असारभित्र भुक्तानी लिनुपर्ने ।


१८ ) गुल्मीको रेसुंगा नगरपालिकाले कोरोना परीक्षणको दायरा बढायो, कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मी टोल-टोलमा पुग्दै ।


१९) बाढीपहिरोले मनाङका सयौँ घर डुबानमा, चामे गाउँपालिकाको कार्यालयसँगै अन्य कार्यालयमा पनि क्षति, तिमाङ खोलाको बेलीब्रिज र लघु जलविद्युत् आयोजना पनि बाढीको चपेटामा ।


२०) बागलुङको  गलकोट नगरपालिकाले किसानलाई अनुदानमा घाँस र फलफूलका बिरुवा वितरण गर्‍यो ।