close

सिरिजंगा डाक्टर पढाउने, सूर्योदय हरियाली बढाउने (भिडियो खबर)

सिरिजंगा डाक्टर पढाउने, सूर्योदय हरियाली बढाउने (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) उदयपुरको कटारी नगरपालिकाद्वारा सुनौलो हजार दिनका आमा र कोरोना संक्रमित महिलालाई पौष्टिक आहारका सामग्री प्रदान, विएसपी नेपालले दियो नगरपालिकालाई दुई सय थान पिपिई सेट ।

२) चितवनको भरतपुर महानगरपालिकाले नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा आपतकालीन आवास सञ्चालनमा ल्यायो, सो भवनमा २ सय जनालाई राख्न सकिने ।


३) कोरोना रोकथाम र नियन्त्रणमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका सक्रिय, ५ असारमा ९ वटै वडामा १० हजार जनाको एन्टिजिन परीक्षण गरिँदै ।
 

४) ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ बुँदे  नीति तथा कार्यक्रम पारित गर्‍यो, पालिकाले १ जना विद्यार्थीलाई निःशुल्क डाक्टरी पढाउने ।

 

५) हेफर इन्टरनेसनलले तनहुँको चार स्थानीय तहलाई गर्‍यो २७ लाख रुपैयाँ सहयोग, देवघाट गाउँपालिकासँगै भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकाको कोभिड कोषमा उक्त रकम प्रदान ।

 

६) नेपाल हिमालयन सिमापार वाणिज्य संघका केन्द्रीय सदस्यद्वय आङ दोर्जे शेर्पा र लाक्पा शेर्पाले बाह्रबिसे नगरपालिकालाई प्रदान गरे विभिन्न खाद्य सामग्री, पालिकाले खाद्य सामग्री बाढी प्रभावितलाई वितरण गर्ने ।

 

७) नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ को वडा कार्यालयबाट गत २४ चैतमा भत्ताको ५० लाख रुपैयाँ चोरी प्रकरणमा संघीय मामिला मन्त्रालय छानबिन गर्दै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई मन्त्रालय तानियो ।

 

८) कोरोना कहरका बीच पनि दाङको राप्ती गाउँपालिका विकास निर्माण जुट्यो, जनप्रतिनिधि र कर्मचारीले गरे योजना अनुगमन ।

 

९) बाढीबाट क्षति बेहोरेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिकाको निर्णय, काठमाडौंको  गोकर्णेश्वर नगरपालिकाले पनि हेलम्बु गाउँपालिकालाई ५ लाख सहयोग गर्ने ।


१०) शान्ति पुनर्स्थापना गृह ठेचोले ललितपुरको गोदावरी नगरपालिकालाई दियो नगद ५० हजार रुपैयाँ र विभिन्न स्वास्थ्य सामग्री, कोरोना नियन्त्रणमा पालिका पनि क्रियाशील ।


 ११) झापाको कन्काई नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरु बढ्दै ।

 

१२) काभ्रेको पनौती नगरपालिकामा काठमाडौं विश्वविद्यालयको तीनवटा अध्ययन केन्द्र स्थापना गर्ने विषयमा छलफल, कानून, विज्ञान र आर्किटेक्चर सेन्टर स्थापनाका लागि जनप्रतिनिधि र सरोकारवालासँग विश्वविद्यालयको अन्तक्रिया ।

 

१३) कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएपछि खोटाङको ऐँसेलुखर्क गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द, ७ जेठसम्म कार्यालय बन्द रहने ।

 

१४) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिकाले बाँड्यो ४८ वटा बंगुरका पाठापाठी, २४ जना किसानलाई वितरण गरियो पाठापाठी ।

 

१५ ) अक्सिजन प्लान्ट स्थापना गर्न उदयपुरको बेलका नगरपालिकालाई सहयोग जुट्दै, रकम सहयोग गर्नेहरु बढ्दै ।


१६) इलामको सूर्योदय नगरपालिकाका १४ वटै वडामा एकसाथ वृक्षारोपण अभियान जारी, अभियान एक महिनासम्म चल्ने ।


१७) स्याङजाको फेदीखोला गाउँपालिकाले कोरोनाको लक्षण देखिएकाहरुको गर्‍यो एन्टिजेन परीक्षण, स्थानीयको उत्साहजनक सहभागिता ।


१८) खोटाङको साकेला गाउँपालिकाका २३ वटा सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट सेवा विस्तारको तयारी, पालिकाले गर्‍यो प्राधिकरणसँग सम्झौता ।

 

१९) निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकले बाढीबाट प्रभावित हेलम्बु गाउँपालिकालाई ७५ हजार र मेलम्ची नगरपालिकालाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय, संघले उक्त रकम पालिकाको विपद् कोषमा जम्मा गर्‍यो ।

 

२०) आम्दा अस्पताल स्तरोन्नतिका लागि रूपन्देहीको बुटवल उपमहानगरद्वारा ५० लाख रुपैयाँ सहयोग प्रदान ।