close

पञ्चकन्याका ज्येष्ठ नागरिकमाथि घात, बाढीपीडितलाई पुग्दैछ राहत (भिडियो खबर)

पञ्चकन्याका ज्येष्ठ नागरिकमाथि घात, बाढीपीडितलाई पुग्दैछ राहत (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कांग्रेस कार्यकर्ताले लगाए ताला, वडा कार्यालयबाट चोरी भएको ५३ लाख रुपैयाँ खोजी गरी दोषीलाई कारबाही नगरेसम्म ताला नखोल्ने अडान ।

 

२) हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ का सात घरपरिवार पहिरोको उच्च जोखिम परेपछि बसाइँ सरे, बस्तीमाथिको जमिन भासियो ।

 

३) डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयमा स्थानीयले गरे तालाबन्दी, एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा खेल मैदान निर्माण गर्न खोजेको स्थानीयको आरोप ।


४)  पहिरो खसेपछि बैतडीको पञ्चेश्वर गाउँपालिका-२ का सात  घरपरिवार विस्थापित, विस्थापित परिवारलाई विद्यालयको भवनमा राखियो ।

 

५) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको पाँचौँ नगरसभा सुरु, सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्ने ।

 

६) कास्कीको अन्नपूर्ण गाउँपालिकाले एक कृषक एक दुहुनो गाईभैँसी कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने, पशु बिमा कार्यक्रम पनि चलाइने ।

 

७) झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले पशु चौपायाको निःशुल्क बीमा गर्न थाल्यो, अगामी वर्ष पनि यो कार्यक्रमलाई वडाले निरन्तरता दिने ।

 

८) सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ४ ले नयाँ भवनबाट सेवा प्रवाह गर्न थाल्यो, भवन बनाउन स्थानीयले दिएका थिए वडालाई जग्गा ।

 

 ९) मोरङको बेलबारी नगरपालिका आगामी वर्षको बजेट बनाउन व्यस्त, योजना तथा बजेट तर्जुमा गर्न बैठक सम्पन्न ।

 

१०) सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० को कार्यालय भवन निर्माण सुरु, भवनको गरियो शिलान्यास ।

 

११) बागलुङको ढोरपाटन नगरपालिकाको नगर कार्यपालिका बैठक सम्पन्न, बैठकले गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल ।

 

१२) रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बुटवल टेक्निकल इन्स्टिच्यूटको स्तरोन्नति गर्दै विभिन्न विषयमा उच्च तहका कक्षा सञ्चालन गर्ने, सम्बन्धनका लागि लुम्बिनी विश्वविद्यालयसँग छलफल ।


१३) डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रवीन्द्रबहादुर शाहीको उपचारको क्रममा काठमाडौंको छाउनी अस्पतालमा निधन, शाहीको निधनमा ८ असारमा पालिका र मातहतका कार्यालय बन्द हुने ।

 

१४) रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको साँख खोलामा निर्माणाधीन पुल बाढीले बगायो, स्थानीयलाई जीर्ण बेलीब्रिजबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता ।

 

१५ ) बाढीले क्षति गरेको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु गाउँपालिकाका प्रभावितलाई राहत र आर्थिक सहयोग गर्नेहरु बढ्दै, देशभरका स्थानीय तहलाई राहत कोषमा रकम सहयोग गर्न दुवै पालिकाको अपिल ।

 

१६) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने, नीति तथा कार्यक्रमबारे छलफल गर्न नगर कार्यपालिकाको बैठक सम्पन्न ।

 

१७) कोरोना रोकथाम तथा नियन्त्रणमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका सक्रिय, पालिकालाई खाल्सा एडले प्रदान गर्‍यो विभिन्न स्वास्थ्य सामग्री ।

 

१८) झापाको कन्काई र उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरु बढ्दै ।

 

१९) गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीका बाढीपीडितलाई हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइयो, २१ घर परिवार विस्थापित ।


२०)  चितवनको खैरहनी र राप्ती नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, सभाले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय ।