close

पालिका सभाकाे राैनक: कतै पारित कतै बहिष्कार  (भिडियो खबर)

पालिका सभाकाे राैनक: कतै पारित कतै बहिष्कार  (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 


१) नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कांग्रेस कार्यकर्ताले लगाएको ताला अझै खुलेन, वडा कार्यालयबाट चोरी भएको ५३ लाख रुपैयाँ खोजी गरी दोषीलाई कारबाही नगरेसम्म नखोल्ने अडान ।

 

२) काठमाडौंको टोखा नगरपालिकाले बाढीले क्षति गरेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग गर्ने, दुवै पालिकाकालाई १०-१० लाख रुपैयाँ दिने पालिकाको निर्णय ।

 

३) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको पाँचौँ नगरसभा जारी, सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्ने ।

 

४) मोरङको पथरी शनिश्चरे नगरपालिकाले कोरोनाका लक्षण देखिएकालाई नगर अस्पतालमा स्वाब संकलन गरी परीक्षण थाल्यो, कोरोना रोकथाम तथा नियन्त्रणमा पालिका थप सक्रिय ।

 

५) तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ३ मा महिलाका लागि सञ्चालन गरिएको तीन महिने ढाका बुनाइ तालिम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण ।

 

६) धादिङको गजुरी गाउँपालिका आगामी वर्षको बजेट तथा नीति कार्यक्रम बनाउन व्यस्त, टोलटोलमा पुगेर योजना छनोट ।

 

७) ललितपुर महानगरपालिकामा दुई हजार ५०० जनालाई ९ असारमा कोरोना खोपको दोस्रो डोज लगाइने, पालिकाले तोक्यो खोप केन्द्र ।

 

८) धनकुटा नगरपालिकाका पाँच जना वडाध्यक्षले गरे कार्यपालिका बैठक वहिष्कार, वडाहरूमा जाने बजेट कटौती गरेको आरोप ।

 

९) कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्‍यो, स्वास्थ्य क्षेत्र मुख्य प्राथमिकतामा ।

 

१०) राष्ट्रिय रोजगार प्रवद्र्घन केद्र मलंगवाले सर्लाहीको गोडैता र बलरा नगरपालिकालाई दियो विभिन्न स्वास्थ्य सामग्री, जिल्लामा कोरोनाका संक्रमित घट्दै ।

 

११) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने, नीति तथा कार्यक्रमबारे छलफल गर्न नगर कार्यपालिकाको बैठक सम्पन्न ।

 

१२) दाङको बंगलाचुली गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालनमा ल्यायो, स्थानीयलाई उपचारमा सहज ।

 

१३) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, सभाले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय ।

 

१४) बाढीले क्षति गरेको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु गाउँपालिकाका प्रभावितलाई राहत र आर्थिक सहयोग गर्नेहरू बढ्दै, देशभरका स्थानीय तहलाई राहत कोषमा रकम सहयोग गर्न दुवै पालिकाको अपिल ।


१५) रोल्पा नगरपालिकाले जिल्ला अस्पताललाई प्रदान गर्‍यो एक थान जेनेरेटर, विद्युत् अभावमा जटिल प्रकारका शल्यक्रिया गर्न अब समस्या नहुने ।

 

१६) बर्दियाको ठाकुरबाबा नगरपालिकाले आगामी वर्षको नीति, कार्यक्रम र बजेट नवौँ नगरसभामार्फत सार्वजनिक गर्‍यो, उपप्रमुख कृष्ण कुश्मा थारुद्वारा नीति तथा कार्यक्रम प्रस्तुत ।

 

१७) लालीगुराँस परिवारले काठमाडौंको तारकेश्वर नगरपालिकालाई प्रदान गर्‍यो २ थान अक्सिजन कन्सन्ट्रेटर, नगरप्रमुख रामेश्वर बोहरालाई कन्सन्ट्रेटर हस्तान्तरण ।

 

१८) काभ्रेको नमोबुद्ध नगरपालिकाले किसानलाई वितरण गर्‍यो मौरीघार, अनुदानमा घार पाउँदा किसान दंग ।

 

१९) खापरखोला लघु जलविद्युत् आयोजनाले बिजुली उत्पादन गरेपछि हुम्लाको चंखेली गाउँपालिकाको मेल्छाम गाउँ बिजुली बत्तीले झिलीमिली, केही महिनापछि गाउँपालिकाभरि विद्युत् विस्तार गरिने ।

 

२०) कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई वितरण गर्‍यो उन्नत जातका बोका ।