close

दल त्यागेका जनप्रतिनिधिको गयो मान, मालिकामा बन्ने भो मदिराको ब्रान्ड (भिडियो खबर)

दल त्यागेका जनप्रतिनिधिको गयो मान, मालिकामा बन्ने भो मदिराको ब्रान्ड (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन १८ महिनाभित्र निर्माण गरिने, भवनको गरियो शिलान्यास ।

 

२) काभ्रेको बनेपा नगरपालिकाले कृषकलाई मौरीघार वितरण गर्‍यो, मौरीघार पाउँदा कृषक दंग ।

 

३) मोरङको पथरी शनिश्चरे नगरपालिकाले कोरोनाका लक्षण देखिएकालाई नगर अस्पतालमा स्वाब संकलन गरी परीक्षण थाल्यो, कोरोना रोकथाम तथा नियन्त्रणमा पालिका थप सक्रिय ।

 

४) सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ मा रहेको नमुना जनता माविको भवन निर्माण सुरु, भवनको नगरप्रमुख भरतकुमार थापाले गरे  शिलान्यास ।

 

५) नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कांग्रेस कार्यकर्ताले लगाएको ताला अझै खुलेन, वडा कार्यालयबाट चोरी भएको ५३ लाख रुपैयाँ खोजी गरी दोषीलाई कारबाही नगरेसम्म नखोल्ने अडान ।

 

६) निर्वाचन आयोगले दल त्याग गरेको भन्दै स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको ग[र्‍यो निर्णय, नेकपा माओवादी केन्द्रको सिफारिसमा एमाले प्रवेश गरेका जनप्रतिनिधिको गयो पद ।

 

७) सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले कोरोना परीक्षणको दायरा बढायो, संक्रमित पहिचान गर्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन ।

 

८) नवलपरासीको सुनवल नगरपालिकाले किसानलाई जिंक वितरण गर्न थाल्यो, जिंक लिन किसानले कृषि शाखामा सम्पर्क गर्नुपर्ने ।

 

 ९) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण गर्न थाल्यो, नगरपालिकाभित्रका ५५० गर्भवती तथा सुत्केरीलाई क्याल्सियम दिइने ।

 

१०) झापाको भद्रपुर नगरपालिकामा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम, पालिका स्वामित्वको जग्गामा बृहत् कृषि परियोजना सञ्चालन गर्न श्रमिक परिचालन ।

 

११) वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिन स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १३ ले विद्यार्थीको घर-घरमा इन्टरनेट जडान गर्न सहयोग गर्ने, वडाको निर्णयले विद्यार्थी दंग ।

 

१२) उदयपुरको कटारी नगरपालिकालाई टुक्रयाउने प्रस्ताव कार्यपालिका बैठकबाट पारित, वडा नम्बर ९, १०, ११, १३ र १४ वडा प्रदेश हुँदै केन्द्रले पारित गरेपछि गाउँपालिका बन्ने ।


 
१३) पोखरा महानगरपालिकाले बाढीपहिरोबाट प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाले पाउने भए दस-दस लाख रुपैयाँ ।


१४) चेपाङ छात्राले २० वर्षसम्म अध्ययन गरे चितवनको राप्ती नगरपालिकाले १५ हजार रुपैयाँ दिने, आगामी वर्षको कार्यक्रम महिला, बालबालिका, पिछडिएको वर्गको हितमा केन्द्रित ।

 

१५) जुम्लाको पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने, गाउँसभाबाट ४१ करोड १२ लाख ६६ हजार ३ सय ४४ रुपैयाँको बजेट विनियोजन ।

 

१६) गुल्मीको मालिका गाउँपालिकाले घरेलु मदिरालाई  ब्रान्डिङ गर्ने, गाउँसभाबाट लोकल मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन, २०७८ पारित ।


१७) रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गर्ने प्रस्ताव गाउँसभाबाट पारित, उक्त प्रस्ताव अब प्रदेश हुँदै संघ सरकारमा पठाइने ।

 

१८) स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ५ ले प्रत्येक विद्यार्थीको घरघरमा निःशुल्क इन्टरनेट जडान गर्ने, कोरोनाले विद्यार्थीको पढाइमा अवरोध गरेपछि वडाले गर्‍यो यस्तो निर्णय ।

 

१९) अक्सिजन प्लान्ट सञ्चालन गर्दै उदयपुरको बेलका नगरपालिका, पालिकालाई रकम सहयोग गर्नेहरू बढ्दै ।

 

२०) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम सहयोग गर्नेहरू बढ्दै ।