close

कालीगण्डकी डाइभर्सनको चौतर्फी विरोध, चापाकोटले भन्यो– संघर्षमा उत्रिन्छौँ

कालीगण्डकी डाइभर्सनको चौतर्फी विरोध, चापाकोटले भन्यो– संघर्षमा उत्रिन्छौँ

Trulli
ADVERTISEMENT

स्याङ्जा- अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको कालीगण्डकी डाइभर्सन परियोजना विवादमा परेको छ । आयोजना प्रभावित जिल्ला र पालिकाले भौगोलिक रुपमै प्रत्यक्ष नकारातमक प्रभाव पर्ने भन्दै विरोध सुरु गरेका छन् । 

 

स्याङजाको  चापाकोट नगरपालिकाले यो आयोजनाविरुद्ध संघर्ष गनेृ घोषणा गरिसकेको छ । नगरप्रमुख शिव कुमारी गिरीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री विष्णु पौडेलले हतार हतार परियोजना उद्घाटन गरेको विषयमा चापाकोट नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण चापाकोट बासीहरुको ध्यानाकर्षण भएको बताउदैँ यसविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ ।

 

डाइभर्सन आयोजनाले लुम्बिनी प्रदेशका पाल्पा, गण्डकीको स्याङ्जा र तनहुँसम्म १० वटा स्थानीय तहको भौगोलिक क्षेत्रमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने भन्दै विरोध भएको हो ।

 

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अगाडि बढाउन लागेको प्रति कालीगण्डकीको तटिय क्षेत्रबाट चर्को विरोध भएको छ । अर्थमन्त्री पौडेलले बुटवलमा आयोजनाको कार्यालयको उद्घाटन गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित गण्डकी प्रदेश र पाल्पाका स्थानीय बासिन्दाले विरोध जनाएका हुन् ।

 

चापाकोट नगरपालिकाले कालिगण्डकी डाइभर्सनका बिषयमा सरोकारवाला तथा तटियवासीसँग कुनै परामर्श नगरी संघीयताको मर्मविपरित काम अगाडि बढाएकोमा आपत्ति जनाएको हो । 

 

नगरप्रमुख गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– कालिगण्डकीको जलाधार क्षेत्रमा बसोबास गर्न साथै यस नगर भित्रका स्थानीयहरुले समेत सुख्खापन, कृषि उपजमा घाटा तथा विस्थापित नै हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न त्यसैले यो बदनियतपूर्ण ढंगले सुरु हुन लागेको परियोजना रोक्न तटिय क्षेत्रका जनप्रतिनिधि तथा आम नागरिकलाई संघर्षका लागि तयार रहन अपिल गर्दछौं ।