close

कालीगण्डकीका विद्यार्थीलाई झोला,अन्य पालिकामा के भयो होला ? (भिडियो खबर)

कालीगण्डकीका विद्यार्थीलाई झोला,अन्य पालिकामा के भयो होला ? (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) उदयपुरको बेलका नगरपालिकाले मौरी पकेट क्षेत्र कार्यक्रमअन्तर्गत किसानलाई मौरीसहितको घार वितरण गर्‍यो, अनुदानमा घार पाउँदा किसान दंग ।

 

२) अधिकांश स्थानीय तहले विविद्य कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाए, मसिनो र बास्नादार धानलाई प्राथमिकता दिन विज्ञको सुझाव ।

 

३) कैलालीको लम्किचुहा नगरपालिकाले धान पकेट कार्यक्रमअन्तर्गत किसानलाई वितरण गर्‍यो हाते ट्रयाक्टर, ट्रयाक्टरले किसानलाई खेती गर्न सहज हुने ।

 

४) मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि हेटौँडा अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन, उपचारका लागि बिरामी अन्यत्र जानु नपर्ने ।

 

५) गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै सुरु गरे पालिकाको कार्यालयमा आमरण अनशन, मेलौली-९ का वडासदस्य भीमदत्त भट्ट बसे अनशनमा ।

 

६) लायन्स क्लब साँखुले काठमाडौंको शंखरापुर नगरपालिकाको नगर अस्पतालाई दियो विभिन्न स्वास्थ्य सामग्री, स्वास्थ्य सामग्री नगरप्रमुख सुवर्ण श्रेष्ठलाई हस्तान्तरण ।

 

७) झापाको कन्काई नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरू बढ्दै ।

 

८) स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले विद्यार्थीलाई पाठ्यपुस्तक र झोला वितरण गर्‍यो, कक्षा ९ र १० मा  अध्ययन गर्ने विद्यार्थीले पाए झोला ।

 

 ९) अविरल वर्षासँगै आएको बाढीले मनाङको नासों गाउँपालिकाको कार्यालय बगाएपछि लमजुङको बेँसीसहरमा अस्थायी कार्यालय स्थापना, बाढीले पालिकाका ठ्लो धनजनको क्षति ।

 

१०) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै ललितपुरको गोदावरी नगरपालिका क्षेत्रका बाल शिक्षक आन्दोलित, नगरपालिकाले बजेटमार्फत पारिश्रमिक कार्यान्वयनमा ल्याएन ।

 

११) कोरोना संक्रमित बढेपछि जुम्लाको गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ को देपालगाउँ सील, २१ असार राती १२ बजेसम्म जिल्लामा निषेधाज्ञा थप ।


 
१२) रूपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरमा ई-लर्निङ एन्ड साइन्स थिएटर स्थापना, नगरप्रमुख वासुदेव घिमिरेले गरे थिएटरको उद्घाटन ।

 

१३) खोटाङको साकेला गाउँपालिकामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ताका लागि घुम्ती शिविर जारी, हरेक वडाका दुई-दुई स्थानमा १० दिन घुम्ती शिविर सञ्चालन हुने ।

 

१४) काभ्रेको मण्डनदेउपुर नगरपालिकाद्वारा ५० वर्ष नाघेका र अनिवार्य अवकाश हुन १ वर्ष बाँकी रहेका स्वैच्छिक अवकाशमा जान चाहने शिक्षकलाई एक लाखका दरले प्रोत्साहन रकम वितरण, नगरप्रमुख टोककहादुर तामाङले गरे शिक्षकलाई सम्मान ।

 

१५) सिंगो पालिका नै विद्युत् र इन्टरनेटविहीन भएपछि गोरखाको धार्चे गाउँपालिकाले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको एक होटलबाट कार्यालय सञ्चालन गर्‍यो, बाढीपहिरोले पालिकाको विभिन्न स्थानमा क्षति ।

 

१६) धादिङको गल्छी गाउँपालिकाले किसानलाई लैना भैँसी वितरण गर्‍यो, सहकारीले छनोट गरेका किसानलाई पालिकाको ३५ हजार अनुदानमा भैँसी वितरण ।

 

१७) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भीमाद नगरपालिका-७ राङरुङमा ट्री क्लाइम्बिङ साहसिक खेल सुरु, वडा कार्यालयले एसेट इन्ट्रोगिटी ग्रुपको प्राविधिक सहयोगमा खेल सञ्चालन ।

 

१८) रोल्पाको सुनिलस्मृति गाउँपालिकाले राष्ट्रिय धान दिवसका अवसरमा उत्कृष्ट कृषकलाई सम्मान गर्‍यो, ११ जना उत्कृष्ट कृषकलाई नगद, प्रमाणपत्र तथा खादाले सम्मान ।

 

१९) कैलालीको टीकापुर नगरपालिकाद्वारा मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान, दुईवटा प्राविधिक विद्यालयका ४० विद्यार्थीलाई यो सुविधा दिइने ।

 

२०) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम सहयोग गर्नेहरू बढ्दै ।