close

दिनभरकाे पालिका: भूमेमा मुखिया चयनदेखि ओमसतियामा बजेट विवादसम्म (भिडियो खबर)

दिनभरकाे पालिका: भूमेमा मुखिया चयनदेखि ओमसतियामा बजेट विवादसम्म (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रुपन्देहीको ओमसतिया गाउँपालिकाको गाउँसभा २३ असारसम्म रोक्न उच्च अदालत तुल्सीपुर बुटवल इजलासले दियो अन्तरिम आदेश, जनप्रतिनिधिबीच बजेट बाँडफाँटलगायतका विषयमा विवाद ।

 

२) चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ ले आफ्नै कार्यालय भवनबाट सेवा सुरु गर्‍यो, नवनिर्मित भवनको नगरप्रमुख लालमणि चौधरीले गरे उद्घाटन ।

 

३) धादिङको गजुरी गाउँपालिकाले पिँडा स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु गर्‍यो, पालिकाबासीलाई हुने भयो सहज ।

 

४) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै, जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म १८ पुग्यो ।

 

५) दाङको देउखुरी क्षेत्रमा रहेको एक सहकारीको रकम हिनामिनाको आरोपमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई पक्राउ पुर्जी जारी, २५ मध्ये फरार रहेका २० जनालाई पक्राउ गरेर अदालतमा पेस गर्न आदेश ।

 

६) ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक प्राविधिक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ, पक्राउ पर्नेमा प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सब-इन्जिनियर राजन पासवान ।


७) रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा नयाँ गाउँले मुखिया चयन, मुखियामा खमबहादुर बुढा भए चयन ।


८) भक्तपुरको चाँगुनारायण नगपालिकाले कृषकलाई बोयर जातका बोका वितरण गर्‍यो, विभिन्न वडाका कृषकलाई १४ वटा बोका प्रदान ।


 ९) काठमाडौं महानगरपालिकाको हाडीगाउँमा बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र स्थापना हुने, केन्द्रको गरियो शिलान्यास ।

 

१०) सिरहाको विष्णुपुर गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न, सभाले अगामी वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पनि पारित गर्‍यो ।

 

११) मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको ङिस्याङ गाउँपालिका-१ को झोलुंगे पुल बगायो, पुल क्षेत्रका १० घरपरिवार विस्थापित ।

 

१२) कोरोना संक्रमित बढेपछि जुम्लाको गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ को देपालगाउँ सिल, २१ असार राती १२ बजेसम्म जिल्लामा निषेधाज्ञा थप ।

 

१३) उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, संगम सामुदायिक पुस्तकालयले पालिकालाई प्रदान गर्‍यो २ लाख रुपैयाँ ।

 

१४) सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमा भएर बग्ने फूलजोर खोलाको बाढीले नवनिर्मित पुल बगायो, पुल नै बगेपछि स्थानीय निराश ।

 

१५) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसीगढी क्षेत्रमा बनाउन थालेको खेल मैदान अख्तियारमा उजुरी परेपछि रोकियो ।