close

ऋषिङमा पहिरोले १ जना बेपत्ता बन्दीपुरमा बाढीले बगायो ६ घर 

ऋषिङमा पहिरोले १ जना बेपत्ता बन्दीपुरमा बाढीले बगायो ६ घर 

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर १ जना बेपत्ता भएका छन् । वडा नम्बर ८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा परी बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।


श्रेष्ठका अनुसार बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो । ‘शृंगपथ तलबाट पहिरो खसेको हो’, उनले भने, ‘बेपत्ताको स्थानीयले खोजी गरिरहेका छन् ।’

 

बन्दीपुर गाउँपालिकामा बाढीले ६ घर बगाएको छ । बन्दीपुर वडा नम्बर २ खहरेको खहरे खोलामा आएको बाढीले घर बगाएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । 


मानवीय क्षति भने भएको छैन । ‘त्यहाँको बस्ती उच्च जोखिममा भएकाले स्थानीयलाई शिशु स्याहार केन्द्र र आमा समूहको भवनमा सारेका थियौँ । त्यसैले मानयिी क्षति हुन पाएन’, उनले भने । 


अघिल्लो साताको बाढीले यहाँका २ घर बगाएको थियो । घरबारविहीन भएकालाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा र त्रिपाल उपलब्ध गराइसकेको छ । यस्तै, पहिरोले गाउँपालिकाको मुख्य सडक डुम्रे–बन्दीपुर राजमार्ग पनि अवरुद्ध भएको अध्यक्ष थापाले बताए ।


१७ असारमा आएको बाढीपहिरोले बन्दीपुर गाउँपालिका वडा नम्बर २ तामुङमा २ जनाको मृत्यु भएको थियो । गाउँपालिका क्षेत्रमा १८ घर पूर्ण क्षति भएको जनाइएको छ ।