close

पालिकामा दिनभरः मालिका कर्मचारी पढाउने, भीमदत्त हरियाली बढाउने (भिडियो खबर) 

पालिकामा दिनभरः मालिका कर्मचारी पढाउने, भीमदत्त हरियाली बढाउने (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरभित्रका जोखिम बस्तीको भौगोलिक सर्वेक्षण गर्न सुरु गर्‍यो, नगरका सबै वडामा सर्वेक्षण गरिने ।

 

२) गुल्मीको मालिका गाउँपालिकाले ४० जना शिक्षकलाई स्नातकोत्तर तह निःशुल्क पढाउने, पालिकाले रेसुंगा बहुमुखी क्याम्पससँग गर्‍यो सम्झौता ।

 

३) गुल्मीको रेसुंगा नगरपालिकाका दुईवटा वडालाई जोड्न झोलुङ्गे पुल निर्माण, वडा ७ र वडा नम्बर ९ लाई जोड्न पुल निर्माण भएपछि स्थानीय दंग ।


४) कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गर्‍यो, ७५ प्रतिशत अनुदानमा १६ किसानले पाए मेसिन ।

 

५) जुम्लाको चन्दननाथ नगरपालिकाको आयोजनामा कृषकलाई कुखुरा पालन सम्वन्धि तालिम सुरु, तालिम पाँच दिनसम्म चल्ने ।

 

६) लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई मौरीसहितको ४० वटा घार  वितरण गर्‍यो, मह उत्पादनमा पालिकाको जोड ।


७) ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रत्येक वडामा घटना दर्ता शिविर जारी, १ हजार ९ सय ९० जनाको विवरण दर्ता गर्ने पालिकाको लक्ष्य ।


८) कैलालीको लम्किचुहा नगरपालिकामा भूमिहीन तथा सुकुम्वासीलाई जग्गा दिलाउन नापी प्रक्रिया सुरु, नगरप्रमुख महादेव बजगाईले गरे कार्यक्रमको शुभारम्भ ।


 ९) बागलुङको ढोरपाटन नगरपालिकाको नवौँ नगर सभा सम्पन्न, सभाले आगामी वर्षको वजेट पारित गर्‍यो ।

 

१०) सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद वर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन, उच्च रक्तचाप, मधुमेह रोगबाट पीडित थिए वर्मा ।


११) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेलम्ची र इन्द्रावती क्षेत्रको प्राकृतिक प्रकोप व्यवस्थापनका विषयमा गर्‍यो अन्तरक्रिया, कार्यक्रममा जनप्रतिनिधि, विज्ञलगाएतको सहभागिता ।


१२) मोरङको बेलबारी नगरपालिकाले बोयर जातका बाख्रा खरिदमा अनियमितता गरेको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिए उजुरी, कृषक थप आक्रोशित ।

 

१३) प्यूठानको गौमुखी गाउँपालिकाले एमबीबीएस र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका लागि ५० प्रतिशत शैक्षिक अनुदान उपलब्ध गराउने, गाउँ सभाले गर्‍यो यस्तो निर्णय ।

 

१४) कञ्चनपुरको भीमदत्त नगरपालिकाकाद्वारा पालिकावासीलाई विभिन्न जातका निःशुल्क बिरुवा वितरण गर्न सुरु, ५० हजार बिरुवा वितरण गर्ने पालिकाको लक्ष्य । 


१५) तेह्रथुमको लालिगुराँस नगरपालिकाको सातौँ नगर सभा सम्पन्न, सभाले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय ।

 

१६) स्याङ्जाको वालिङ नगरपालिकाले खेलकुदका क्षेत्रमा दियो ध्यान, वडा नम्बर ५ का खेलाडीलाई खेलकुदका सामग्री प्रदान ।


१७) चित्रकारहरूले रत्नपार्कको आकाशे पुलको भित्तामा पुनः फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने माग राख्दै काठमाडौं महानगरपालिकालाई निवेदन बुझाए, विरोधस्वरूप कार्यालयमा केहीबेर धर्ना ।

 

१८) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले वडा नम्बर १ को अड्डापाटीमा बसपार्क निर्माण गर्ने,  बसपार्क निर्माणका लागि लगानी विस्तार गर्न नगर विकास कोषसँग छलफल सम्पन्न ।

 

१९) काभ्रेको नमोबुद्ध  नगरपालिकाद्वारा भकुण्डे बजार क्षेत्रमा सिसि क्यामेरा जडान, आपराधिक घटनामा कमी आउने पालिकाको विश्वास ।


२०) बाराको कलैया उपमहानगरपालिकाको वडा-वडामा घटना दर्ता शिविर जारी ।