close

भरतपुरमा फोहोरको गन्ध, धनगढीमा मास्कको प्रबन्ध (भिडियो खबर) 

भरतपुरमा फोहोरको गन्ध, धनगढीमा मास्कको प्रबन्ध (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) दाङको तुलसीपुर उपमहानगरको न्यायिक समितिको आयोजनामा लैंगिक हिंसा तथा महिला अधिकारसम्बन्धी दुई दिने अन्तरक्रिया, कार्यक्रममा महिलाको सहभागिता ।

 

२) काठमाडौंको टोखा नगरपालिकाले मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमअन्तर्गत तीन हजार नागरिकको स्वास्थ्य परीक्षण गरिने ।

 

३) कैलालीको गौरीगंगा नगरपालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनको काम सुरु, लगत संकलनमा खटिए कर्मचारी ।

 

४) स्याङ्जाको वालिङ नगरपालिकाको आयोजनामा कृषकका लागि कुखुरा तथा बंगुरपालनसम्बन्धी तालिम सञ्चालन, तालिममा कृषकको सहभागिता ।

 

५) स्याङ्जाको फेदीखोला गाउँपालिकाको आयोजनामा इसिडी शिक्षकका लागि चार दिने पुनर्ताजगी तालिम जारी, तालिम २४ असारसम्म चल्ने ।

 

६) काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा भूमि आयोगद्वारा भूमिहीन र अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीलगायतको सहभागिता ।

 

७) ललितपुर महानगरपालिकाले प्रयागपोखरी इति टोल हुँदै कुमारीपाटी जाने सडक एकतर्फी बनायो, बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म यो नियम लागू हुने ।


८) तेह्रथुमको म्याङलुङ नगरपालिकाद्वारा वडा नम्बर २ का कृषक समूहलाई बाख्रा वितरण, आयआर्जनमा कृषकलाई सहयोग पुग्ने ।

 

९) चितवनको भरतपुर महानगरपालिकाले एक सातादेखि फोहोर उठाएन, महानगरका मुख्य चोक दुर्गन्धित ।

 

१०) कैलालीको धनगढी उपमहानगरपालिकाले अनिवार्य मास्क अभियान सुरु गर्‍यो, अभियानमा स्थानीय संघ-संस्थाको साथ ।

 

११) बाजुराको बूढीनन्दा नगरपालिकाको न्यायिक समितिको आयोजनामा न्याय सम्पादनका विषयमा अन्तरक्रिया आयोजना, कार्यक्रममा मेलमिलापकर्ताको सहभागिता ।

 

१२) महोत्तरीको बर्दिवास नगरपालिकाको आयोजनामा दलित सशक्तीकरण अभियान कार्यक्रम सम्पन्न, पालिकाले जातीय भेदभावविरुद्ध अभियान सञ्चालन गर्ने ।

 

१३) ललितपुरकाे महालक्ष्मी नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी पकेट कार्यक्रमका लागि २१ जना कृषकले पाए २२ लाख बराबरको रकम, रकम पाउँदा कृषक दंग ।

 

१४) ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आफ्ना नाममा रहेको बेरुजु फर्स्याेट  नगर्ने व्यक्ति तथा संस्थाको भुक्तानी रकम रोक्का गर्ने, पालिकाले जारी गर्‍यो सूचना ।

 

१५) सल्यानको कपुरकोट गाउँपालिकाले तरकारी खेती तथा बाख्रापालन गरिरहेका लघु उद्यमीलाई गर्‍यो प्रविधि हस्तान्तरण, पालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा सामग्री वितरण ।

 

१६) देशका अधिकांश भागमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइँदै, ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्ति प्राथमिकतामा ।

 

१७) बाराको प्रसौनी गाउँपालिकाको सहयोगमा शिक्षकका लागि एकीकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली विषयक तालिम सुरु, तालिम २५ असारसम्म चल्ने ।

 

१८) उद्योग तथा उपभोक्तहित संरक्षण कार्यालय जाजरकोटको सहयोग र नलगाड नगरपालिकाको समन्वयमा सञ्चालित दुई महिने मोबाइल मर्मत तालिम सम्पन्न, तालिमका सहभागीले पाए प्रमाणपत्र ।

 

१९) सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको सहयोगमा बालबालिकाका लागि बाल अधिकारका विषयमा क्षमता अभिवृद्धी सम्बन्धी दुई दिने तालिम सम्पन्न, सो अवसरमा बाल सञ्जाल पनि गठन गरियो ।

 

२०) कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ ले सेवा प्रवाहबारे गर्‍यो सार्वजनिक सुनुवाइ, स्थानीयको व्यापक सहभागिता ।