close

फोहोर व्यवस्थापनमा गोकर्णेश्वरको ध्यान, कोरोनाले वडासदस्यको गयो ज्यान (भिडियो खबर) 

फोहोर व्यवस्थापनमा गोकर्णेश्वरको ध्यान, कोरोनाले वडासदस्यको गयो ज्यान (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको कीर्तिपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रमका विषयमा शिक्षकका लागि अभिमुखीकरण आयोजना, कार्यक्रम २७ असारसम्म चल्ने । 


२) कैलालीको धनगढी उपमहानगरपालिकामा अनिवार्य मास्क अभियान जारी, पालिकाको अभियानमा स्थानीय संघ-संस्थाको साथ । 


३) झापाको कन्काई नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरू बढ्दै । 


४) सर्लाहीको हरिवन नगरपालिकाको आर्थिक सहयोगमा जनउत्थान आपसी विकास केन्द्रले महिला समूहलाई बाख्रा वितरण गर्‍यो, आयआर्जनमा सहयोग पुग्ने ।


५) बाढी प्रभावित वडा नम्बर ५ का १९ परिवारलाई स्याङ्जाको गल्याङ नगरपालिकाले गर्‍यो रकम सहयोग, नगरप्रमुख भूपराज अधिकारीले बस्तीमै पुगेर रकम हस्तान्तरण गरे ।


६) झापाको भद्रपुर नगरपालिकामा रेडक्रस भद्रपुर उपशाखाद्वारा नगर स्तरीय विपद् कार्यदल अभिमुखीकरण कार्यक्रम सम्पन्न, कार्यक्रममा पूर्वतयारीलगायतका विषयमा छलफल । 


७) दाङको लमही नगरपालिकाद्वारा कृषकका लागि सञ्चालन गरिएको भेटेरिनरी तथा खोर व्यवस्थापनसम्बन्धी तीन दिने तालिम जारी, तालिम २५ असारसम्म चल्ने । 


८) टावर निर्माणको ज्याला नपाएको भन्दै मजदुरले जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल टेलिकमको टावर बन्द गरे, नलगाडसँगै आठबीसकोट नगरपालिका र मुड्केचुला गाउँपालिकामा सञ्चार सेवा बन्द । 


९) कोरोना संक्रमणका कारण दैलेखको डुंगेश्वर गाउँपालिका वडा नम्बर २ का वडासदस्य तेजबहादुर थापाको मृत्यु, थापाको निधनको शोकमा वडा कार्यालय बन्द ।

 

१०) डिभिजन वन कार्यालय डडेलधुराले अगरगढी नगरपालिका वडा नम्बर २ का स्थानीयलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गर्‍यो, ६५ परिवारले पाए सिलिन्डर र चुल्हो ।

 
११) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि अत्याधुनिक जापानी यन्त्र जडान गर्‍यो, स्वच्छ, सफा नगरपालिका बनाउन सहयोग मिल्ने ।

 

१२) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्यायो, बिरामीलाई स्वास्थ्य संस्था पुग्न सहज हुने ।

 

१३) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, कोषमा रकम सहयोग गर्नेहरू बढ्दै ।

 

१४) देशभरका स्थानीय तहले कोरोना परीक्षणको दायरा बढाए, संक्रमित पहिचान गर्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन ।

 

१५) अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न पालिकाको जनजीवन प्रभावित, ठूलो धनजनको क्षति ।

 

१६) उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ ले बैंकमा बालबालिकाको रकम बचत गरिदिने, २०७७ साउन १ देखि जन्मिएका बालबालिकाको खाता खोलिने ।


१७) ललितपुरको गोदावरी नगरपालिकाकाले पहिलो मात्रा खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा २५ असारमा लगाउने, पहिलो मात्र लगाएको खोप केन्द्रमै खोप लगाउन पाइने ।

 

१८) ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रत्येक वडामा घटना दर्ता शिविर जारी, १ हजार ९ सय ९० जनाको विवरण दर्ता गर्ने पालिकाको लक्ष्य ।

 

१९) बाराको प्रसौनी गाउँपालिकाले शिक्षकलाई एकीकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली विषयमा दियो तालिम, तालिम २५ असारसम्म चल्ने ।

 

२०) स्याङ्जाको फेदीखोला गाउँपालिकाले इसिडी शिक्षकका लागि आयोजना गरेको चार दिने पुनर्ताजगी तालिम सम्पन्न ।