close

किसानले पाए बोका, हरिपुरका शिक्षकलाई धोका ! (भिडियो खबर)

किसानले पाए बोका, हरिपुरका शिक्षकलाई धोका ! (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) अपांगता भएका व्यक्तिलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिँदै रूपन्देहीको बुटवल उपमहानगर, स्वास्थ्यकर्मी र मनोपरामर्शदातासहितको टोलीले स्वास्थ्य परीक्षण गर्ने ।

 

२) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै सर्लाहीको हरिपुर नगरपालिका क्षेत्रका बालशिक्षक आन्दोलित, नगरपालिकाले बजेटमार्फत पारिश्रमिक कार्यान्वयनमा ल्याएन ।

 

३) दाङको तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर ८ मा चप्पलको सिप विकाससम्बन्धी तालिम सुरु, तालिममा महिलाको सहभागिता ।

 

४) गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि प्रदेशका ८५ वटै पालिकालाई पाँच लाख रुपैयाँका दरले रकम पठाउने, प्रदेशले पठाएको रकमले  उद्दार तथा राहतमा पालिकाले खर्चिने ।

 

५) रौतहटको वृन्दावन नगरपालिकाको वडा-वडामा घटना दर्ता शिविर जारी, शिविरमा लाभग्राहीको उल्लेख्य सहभागिता ।

 

६) नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले कोरोना महामारीबाट बालबालिकालाई सुरक्षित राख्न १० शय्याको आइसोलेसन सेन्टर बनायो, समुन्द्रटार स्वास्थ्य चौकीमा आइसोलेसन निर्माण ।

 

७) मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानलाई कृषि लोन कार्ड वितरण, पालिकालगायतको समन्वयमा नेपाल बंगलादेश बैकले बाँड्यो लोन कार्ड ।

 

८) अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएका एक परिवारलाई जिल्ला प्रशासन दाङ र घोराही उपमहानगरपालिकाले राहत रकम प्रदान गरे, विपद् व्यवस्थापन समितिको तर्फबाट २ लाख र उपमहानगरको तर्फबाट २५ हजार रुपैयाँ प्रदान ।

 

९) खोटाङको बराहपोखरी गाउँपालिकाले एम्बुलेन्स खरिद गर्‍यो, बिरामीलाई अस्पताल पुर्‍याउन र ल्याउन सहज हुने ।

 

१०) गोरखाको धार्चे गाउँपालिकाका सात कर्मचारीमा कोरोना पुष्टि, संक्रमित कर्मचारीको प्रत्यक्ष सम्पर्कमा सेवाग्राही जानु नपर्ने गरी सेवा दिने व्यवस्था ।

 

११) नगर विकास कोष र कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा खानेपानी सरसफाइ आयोजनाबीच थप ऋण सम्झौता, अब आयोजना निर्माण अगाडि बढ्ने ।

 

१२) दाङको लमही नगरपालिकाद्वारा कृषकका लागि सञ्चालन गरिएको भेटेरिनरी तथा खोर व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सम्पन्न, तालिमले कृषकलाई आयआर्जनमा सहयोग पुग्ने ।


१३) बाराको प्रसौनी गाउँपालिकाले शिक्षकलाई एकीकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली विषयमा दियो तालिम, गुणस्तरीय शिक्षामा जोड दिँदै पालिका ।

 

१४) कपिलवस्तु नगरपालिकाले कृषकलाई उन्नत जातका १६ वटा बोका वितरण गर्‍यो, ८ वटा किसान समूहले पाए बोका, दाना र औषधी ।

 

१५) काठमाडौंको कीर्तिपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रमका विषयमा शिक्षकका लागि अभिमुखीकरण जारी, कार्यक्रम २७ असारसम्म चल्ने ।

 

१६) सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा दुग्ध किसानलाई अनुदान रकम वितरण गर्‍यो,  बिन्जेल दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध  किसानले पाए प्रतिलिटर २ रुपैयाँका दरले अनुदान ।

 

१७) मुगुको खत्याड गाउँपालिकाले कृषकलाई उन्नत जातका बोका र बाख्रा वितरण गर्‍यो, किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने पालिकाको योजना ।

 

१८) अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले बजेट पास नगरेका स्थानीय तहलाई समयमै बजेट पेस गरी पारित गर्न गर्‍यो आग्रह, बजेट पारित नगरी खर्चिएको रकम वैध नहुने ।

 

१९) म्याग्दीका स्थानीय तहले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई मिडिया सेन्टर सञ्चालन गर्न विभिन्न सामग्री प्रदान गरे, सेन्टरबाट आपतकालीन अवस्थामा समाचार सम्प्रेषण गर्न सहयोग पुग्ने ।

 

२०) तेह्रथुमको म्याङलुङ नगरपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत वितरण गर्‍यो ।