close

सडकमा भो झडप, कहिले पाउँछन् शिक्षकले तलब ? (भिडियो खबर)

सडकमा भो झडप, कहिले पाउँछन् शिक्षकले तलब ? (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ मा सडक ग्राभेल गर्ने विषयमा दुई पक्षबीच झडप, उपभोक्ता समितिले हिलाम्य भएको सडकमा ग्राभेल नहाली नहरको डिलमा हाल्न खोजेपछि स्थानीय आक्रोशित ।

 

२) दाङको घोराही उपमहानगरपालिकाले स्थानीयको घर-घरबाट फोहोर खरिद गर्न थाल्यो, फोहोर बिकेपछि स्थानीय दंग ।

 

३) काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा छाउनी अस्पतालमा निःशुल्क हेमोडायलसिस सुरु, बिरामीलाई उपचारमा सहज हुने ।

 

४) सल्यानको बागचौर नगरपालिकाको सातौँ नगर सभा सम्पन्न, सभाले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय ।

 

५) डोटीको दिपायल सिलगढी नगरपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिक अवधिमा भए गरेका कामको समिक्षा गर्‍यो, कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागिता ।

 

६) मोरङको पथरी शनिश्चरे नगरपालिकाले कोरोनाका लक्षण देखिएकाहरुको नगर अस्पतालमा स्वाब संकलन गर्‍यो, कोरोना रोकथाम तथा नियन्त्रणमा पालिका थप सक्रिय ।

 

७) ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सुकुम्बासीविहीन पालिका बनाउने अभियानलाई तीव्रता दियो, दुई परिवारलाई जग्गा खरिद गरेर लालपूर्जा प्रदान ।

 

८) कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई इलामको देउमाई नगरपालिकाले ५० हजार रुपैयाँ दिने, यौनिक अल्पसंख्यकलाई पनि पालिकाले मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने ।

 

९) काभ्रेको नमोबुद्ध नगरपालिकाले डिभिजन वन कार्यालयको सहकार्यमा विपी राजमार्गअन्तर्गत भकुण्डे बजार क्षेत्रको दायाँबायाँ वृक्षारोपण गर्‍यो, सामुदायिक मेलमिलापकर्ता संयोजकका लागि क्षमता अभिवृद्धि तालिम पनि सम्पन्न ।

 

१०) तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्ड खुमबहादुर थापाको पहिरोमा पुरिएर निधन भएपछि शोकमा पालिका र मातहतका कार्यालय बन्द, बाढीपहिरोले विभिन्न स्थानमा ठूलो धनजनको क्षति ।

 

११) स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकावासीको स्वास्थ्य बिमा गर्न सुरु गर्‍यो, नागरिकले एक लाख सम्मको निशुल्क उपचार प्राप्त गर्ने ।

 

१२) सर्लाहीको हरिवन नगरपालिकाको आर्थिक सहयोगमा नौलो बिहानी महिला समूहलाई बाख्रा र बाली संरक्षण समूहलाई एक थान हाते ट्रयाक्टर वितरण गर्‍यो, आयआर्जनमा सहयोग पुग्ने ।

 

१३) अपांगता भएका व्यक्तिलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिँदै रूपन्देहीको बुटवल उपमहानगर, स्वास्थ्यकर्मी र मनोपरामर्शदातासहितको टोलीले स्वास्थ्य परीक्षण गर्ने ।

 

१४) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै कपिलवस्तुको बुद्धभूमि नगरपालिका क्षेत्रका बालशिक्षक आन्दोलित, नगरपालिकाले बजेटमार्फत पारिश्रमिक कार्यान्वयनमा ल्याएन ।

 

१५) बझाङको खप्तड छान्ना गाउँपालिकाले किर्ते योजना बनाएर उपभोक्ता समितिलाई रकम भुक्तानी गरेकोको खुलासा, कामै नभएको योजनामा पालिकाले रकम भुक्तानी दिएको थाहा पाएपछि स्थानीय आक्रोशित ।

 

१६) काठमाडौंको कीर्तिपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रमका विषयमा शिक्षकका लागि अभिमुखीकरण सम्पन्न, पालिकाले स्थानीय पाठ्यक्र लागू गर्दै ।

 

१७) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, कोषमा रकम सहयोग गर्नेहरू बढ्दै ।

 

१८) कैलालीको टीकापुर नगरपालिकाले सबै वडाको मुख्य सडकको दुवै क्षेत्रमा वृक्षारोपण  गर्‍यो, सडक किनारामा हरियाली बढाउने पालिकाको योजना ।

 

१९) नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर २ स्थित बाँसखोला र संसारकोटमा पुग्यो बिजुली, गाउँमा बिजुली पुगेपछि स्थानीय दंग ।

 

२०) कैलालीको जानकी गाउँपालिकाको आयोजनामा किशोर किशोरीका लागि सञ्चालन गरिएको जीवनोपयोगी तालिम सम्पन्न ।