close

पालिकाको नाम बदल्न सिरिजंगाले बनायो ३ सदस्यीय कार्यदल

पालिकाको नाम बदल्न सिरिजंगाले बनायो ३ सदस्यीय कार्यदल

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– गाउँपालिकाको नाम परिवर्तनका विषयमा साझा सुझाव दिन ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले ३ सदस्यीय कार्यदल तथा ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

 

सिरिजंगा गाउँपालिका वडा नम्बर ५ पेदाङका वडाध्यक्ष पूर्णसिंह मावो लिम्बूको संयोजकत्वमा गठित समितिमा कार्यपालिका सदस्य विमला साम्यु लिम्बू र तेल्लोक माध्यमिक विद्यालय सिरिजंगा वडा नम्बर ४ तेल्लोकका प्रधानाध्यापक रुकमान थेबे सदस्य रहेका छन् ।

 

गाउँपालिकाका प्रवक्ता लालकृष्ण चौहानका अनुसार भाषा तथा संस्कृतिविद्द्वय येहाङ (धनप्रसाद) लावती (फिदिम नगरपालिका वडा नम्बर ९ पाँचथर) र अर्जुन माबुहाङ (लालीगुराँस नगरपालिका वडा नम्बर ३ तेह्रथुम) तथा प्राज्ञ तथा सह–प्राध्यापक अमर तुम्याहाङ (सिरिजंगा वडा नम्बर ७ खेवाङ, ताप्लेजुङ) रहेको कार्यदल सल्लाहकार समिति गठन गरिएको छ । 

 

लिम्बू भाषा तथा लिपिका सर्जक त्ये अङ्सी सिरिजंघा सिंह थेबेको सम्मानमा नामकरण गरिएको गाउँपालिकाको नामकरण भएको व्याकरणीय दृष्टिले पालिकाको नाम परिवर्तन भएको भन्ने आवाज उठिरहेको छ । 

 

सरोकारवालासँग छलफल गरी प्राप्त सुझावलाई एकीकृत गर्दै सोेहीबमोजिम गाउँपालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकारमार्फत सरकारसमक्ष अनुरोध गर्ने ३ असार २०७८ को गाउँसभा अधिवेशनको पहिलो बैठकबाट भएकोे निर्णयअनुसार कार्यदल गठन गरिएको गाउँपालिकाका प्रवक्ता चौहानले बताए ।

 

कार्यदललाई ३ महिनाभित्र व्याकरणीय दृष्टिले वास्तविक हुनुपर्ने गाउँपालिकाको नामका सम्बन्धमा सुझावसहितको प्रतिवेदन दिने जिम्मेवारी तोकिएको छ ।