close

संक्रमण बढेपछि सिदिङ्वा गाउँपालिका सिल

संक्रमण बढेपछि सिदिङ्वा गाउँपालिका सिल

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- कोरोना संक्रमण भयाभह भएको भन्दै बजेट अधिवेशन तथा नियमित गाउँसभा अचानक स्थगित गरेको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाकाले बुधवारबाट पालिका नै सिल गरेको छ ।

 

 प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले पालिका सिल गर्दै पालिका केन्द्र भञ्ज्याङ बजार अर्को व्यवस्था नभइञ्जेल सम्मका लागि सिल गर्ने निर्णय भएको जानकारी दिए । यस्तै पालिकामा बिरामी बोकेको सवारी साधन बाहेक अन्य सवारी साधनको आवागमन अनिश्चितकालका लागि स्थगित गर्ने पालिकाले निर्णय लिएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत लिङ्देनका अनुसार वडा निगारानी समूह,शिक्षक,बुद्धिजीवि,नागरिक समाज,महिला स्वास्थ्य स्वयंसेविकले संक्रमित तथा निजहरुको सम्पर्कमा आएका व्यक्तिहरु होम आइसोलेसनसमा बसे÷नबसेको निगारानी गर्ने,होम आइसोलेसनमा बस्न अनुरोध गर्ने र सो बारेमा पालिकामा जानकारी गराउने जिम्मेवारी दिइएको छ ।

 

संक्रमित तथा निजको सम्पर्कमा आएका व्यक्तिहरु जथाभावी हिड्डुल गर्ने, बेवास्त गर्ने, सम्झाउँदा नटेर्ने अवस्था आएमा सुरक्षाकर्मीको पहलमा होम आइसोलेसनमा बसाउने कार्य गरिने भएको छ । बेवास्ता गरेमा संक्रामक रोग निवारण ऐन अनुसार कारवाहीका लागि मार्ग प्रशस्त गर्ने निर्णय भएको समेत प्रमुख प्रशासकीय अधिकृत लिङदेनले जानकारी दिए ।

 

पालिकाले गाउँघरमा हुने अनावश्य हिड्डुल, जमघट, खेलकुद, बिहे भोज र भतेर, पास्नी, ब्रतवन्ध जस्ता साामाजिक कार्यमा अवस्था सहज नहुञ्जेल सम्मका लागि प्रतिवन्ध लगाउने निर्णय समेत गरेको छ ।

 

२८ असारमा सिदिङ्वा वडा नं ६ मेहेलेमा १७ जना तथा २९ असारमा सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा १२ जनामा संक्रमण देखिएपछि पालिकाले ३० असारका लागि तय गरिएको बजेट अधिबेशन समेत स्थगित गर्दै पालिका सिल गर्ने निर्णय लिएको हो ।

 

गाउँसभा तथा बजेट अधिबेशनमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी पाएका पालिका अध्यक्ष नरबहादुर कडरियालाइ कोरोना संक्रमण भएपछि सिदिङ्वाले १० असार भित्रै बजेट ल्याउन पाएको थिएन । अध्यक्ष कडरिया कोरोेना संक्रमणमुक्त भएपछि ३० असारका लागि बजेट अधिबशेन बोलाइएको थियो ।