close

पनौतीमा पुलले जगायो आश, गौरीगञ्जवासीलाई चुल्हो र ग्यास (भिडियो खबर)

पनौतीमा पुलले जगायो आश, गौरीगञ्जवासीलाई चुल्हो र ग्यास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काभ्रेको पनौती नगरपालिकाले पुण्यमाता र रोशी खोलामा स्टीलको ३ वटा पुल निर्माण गर्ने, पुरानो बजार र तरकारी बजार जोड्ने पुल जडान ।

 

२) गोरखाको अजिरकोट गाउँपालिकामा कोरोना संक्रमित बढेपछि पालिकाको कार्यालय ७ साउनसम्म बन्द, अत्यावश्यक काम भने पालिकाले स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने ।

 

३) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै कपिलवस्तुको बुद्घभूमि नगरपालिका क्षेत्रका बालशिक्षक आन्दोलित, नगरपालिकाले बजेटमार्फत पारिश्रमिक कार्यान्वयनमा ल्याएन ।

 

४) सुनसरीको वराहक्षेत्र नगरपालिकाले ५ शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्यायो, नगरप्रमुख नीलम खनालले गरे अस्पतालको उद्घाटन ।

 

५) झापाको भद्रपुर नगरपालिकाको आयोजनामा बालश्रम निवारणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न, कार्यक्रममा सरोकारवालाहरुको सहभागिता ।

 

६) उदयपुरको बेलका नगरपालिकाले आठौँ नगरसभाको निर्णय सार्वजनिक गर्‍यो, पालिकाले आगामी वर्ष विभिन्न महत्वपूर्ण कार्यक्रम संञ्चालन गर्ने ।

 

७) बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र कृषि मन्त्री दावा लामासहितको टोलीले चितवनको खैरहनी नगरपालिकामा बाढीले क्षती पुर्‍याएको लदरी पुल र शीत भण्डारको गरे निरीक्षण, बाढीले पालिकामा ठूलो धनजनको क्षति ।

 

८) सोलुखुम्बुको सोताङ गाउँपालिकाले शैक्षिक पात्रो एप तयार पार्‍यो, एपमार्फत विद्यालय शिक्षाका गतिविधि थाहा पाउन सकिने ।

 

९) पालिकाको नाम बदल्न ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले बनायो ३ सदस्यीय कार्यदल, कोरोना संक्रमित थपिँदै गएपछि सिदिङ्वा गाउँपालिको बजेट अधिवेशन स्थगित ।

 

१०) मोरङको पथरी शनिश्चरे नगरपालिकामा लघु उद्यम विकासका कार्यक्रम अन्तर्गत कृषकलाई बाख्रा तथा बंगुरका पाठा वितरण, आयआर्जनमा सहयोग पुग्ने ।

 

११) कास्कीको पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बरर ३१ मा उपप्रमुख सँग महिला कार्यक्रम अन्तर्गत कानुनी सचेतना कार्यक्रम सम्पन्न, कार्यक्रममा महिलाको उल्लेख्य सहभागिता ।

 

१२) कैलालीको भजनी नगरपालिकामा उपप्रमुखसहित ८ जना जनप्रतिनिधिले लगाएको ताला तीन दिनपछि  खुल्यो, योजना तर्जुमा गरेर नगर सभा गरियो ।

 

१३) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले २ वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता वितरण गर्‍यो, मासिक जनही १ हजार रुपैयाँका दरले २ वर्षमुनिका ४९१ बालबच्चालाई प्रोत्साहन भत्ता वितरण ।

 

१४) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, रकम सहयोग गर्नेहरू बढ्दै ।

 

१५) शिक्षामा लगानी बढाउँदै सिन्धुलीको सुनकोशी गाउँपालिका, पालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति रकम वितरण गर्‍यो ।

 

१६) दोब्बर कर असुल्न खोजेको भन्दै ठेकदारहरूले दाङको लमही नगरपालिका कार्यालयमा तालाबन्दी गरे, नगरपालिकाकै भ्याट बिल हुनुपर्ने भनेपछि ठेकेदार आक्रोशित ।

 

१७) काठमाडौंको टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउन विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्‍यो, घरमा इन्टरनेट सेवाको पहुँच नभएका विद्यार्थीलाई अध्ययनका लागि सहज हुने ।

 

१८) झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ ले अतिविपन्न परिवारलाई ग्यास सिलिन्डरसहित चुल्हो वितरण गर्‍यो, ६५ जना परिवारले पाए चुल्हो र ग्यास ।

 

१९) तनहुँको आँबुखैरेनी गाउँपालिकामा बहुउद्देश्यीय भवन निर्माण हुने, पालिकाका अध्यक्ष गिरबहादुर थापाले गरे धवनको शिलान्यास ।

 

२०) बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका छात्रा र महिलालाई ५१ हजार भत्ता दिने, नगर सभाले गर्‍यो यस्तो निर्णय ।