close

बुंगलमा चाेरी भाे भत्ता, आफ्नै घरमा छ सत्ता (भिडियो खबर)

बुंगलमा चाेरी भाे भत्ता, आफ्नै घरमा छ सत्ता (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बागलुङको बरेङ गाउँपालिकाले सार्वजनिक गर्‍यो चालू वर्षको वार्षिक समीक्षा, सार्वजनिक सुनुवाइ एवं आगामी वर्षको योजना तथा कार्यक्रम, पालिकाबासीले राखे गुनासा ।

 

२) पर्साको वीरगञ्ज महानगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा, सबै बालबालिका खोपको पहुँचमा ।

 

३) बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ र ११ का लाभग्राहीलाई वितरण गर्न ल्याइएको सामाजिक सुरक्षा भत्ताबापतको रकम वडा सचिव बस्दै आएको घरबाटै हरायो, घटना शंकास्पद देखिएपछि सचिव र घरबेटीमाथि प्रहरीले थाल्यो अनुसन्धान ।

 

४) नेपाल परिवार नियोजन संघद्वारा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढी प्रभावितलाई लक्षित गरेर एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन, संघले मेलम्चीलाई दियो विभिन्न स्वास्थ्य सामग्री ।

 

५) बाँकेको बैजनाथ गाउँपालिकाले कृषि क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ८ जना किसानलाई सम्मान गर्‍यो, सम्मानपछि कृषक कृषि कर्ममा हौसिए ।

 

६) महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीव साहले पालिकाको कार्यालय राख्न आफ्नै घर निःशुल्क प्रदान गर्ने घोषणा गरे, पालिकाको आफ्नै भवन नबन्दासम्म कार्यालय सञ्चालन गर्न दिने ।

 

७) सुनसरीको धरान उपमहानगरपालिकाले स्मार्ट बसपार्क निर्माण गर्ने, उपमहानगर र निर्माण कम्पनीबीच बसपार्क निर्माणको सम्झौतापत्रमा हस्ताक्षर ।

 

८) कैलालीको जानकी गाउँपालिका साक्षर पालिका घोषणा, पालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर ।

 

९) सिन्धुलीको घ्याङलेख गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तीन वटा बाख्रा पकेट विकास समितिलाई नगद सहयोग गर्‍यो, आयआर्जनमा सहयोग पुग्ने ।

 

१०) रूपन्देहीको बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि विपन्न समुदायका गर्भवती र सुत्केरीलाई पोषिला खाद्य सामग्री बोकेर घरमै पुग्न थाले, स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीको स्वास्थ्य जाँच पनि गर्ने ।

 

११) ब्लड क्यान्सरबाट पीडित गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको ललितपुरको जावलाखेलस्थित ब्लड हस्पिटलमा उपचारका क्रममा निधन, पालिकाबासी शोकमा ।

 

१२) दाङको घोराही उपमहानगरपालिकाले स्थानीयको घर-घरबाट फोहोर खरिद गर्न थाल्यो, फोहोर बिकेपछि स्थानीय दंग ।

 

१३) हृदयघात भएर उपचारमा आर्थिक समस्या भएका हिरा बोहराको उपचारमा हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले एक लाख रुपैयाँ आर्थिक सहयोग गरे, बोहराको गंगालाल अस्पताल काठमाडौंमा उपचार हुँदै ।

 

१४) तनहुँको व्यास नगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गर्‍यो, १४ जना स्वयंसेविकालाई जनही ३५ हजार रुपैयाँ दिएर बिदाइ गरियो ।

 

१५) भक्तपुर नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई दियो निरन्तरता, लिवालीस्थित पसलमा गरेको अनुगमनमा अखाद्य वस्तु फेला ।

 

१६) सोलुखुम्बुको सोताङ गाउँपालिकाको चालू वर्षको खर्च विवरण सार्वजनिक गर्‍यो, चालू वर्ष पालिकाले गर्‍यो उल्लेख्य काम ।

 

१७) सिरहाको औरही गाउँपालिकाले अनियमितता लुकाउन रजिस्ट्ररमा दर्ता नम्बर नै खाली राखेको खुलासा, अनियमितताको आशंका ।

 

१८) तनहुँको शुक्लागण्डकी नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, सभाले गर्‍यो महत्वपूर्ण निर्णय ।

 

१९) जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा, नौ वटै वडाका बालबालिका खोपको पहुँचमा ।


२०) इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी निधन, राईको निधनको शोकमा १ साउनमा पालिका र मातहतका कार्यालय बन्द हुने ।