close

किन बन्द भए देशभरका स्थानीय तहका वेबसाइट? 

किन बन्द भए देशभरका स्थानीय तहका वेबसाइट? 

Trulli
ADVERTISEMENT


काठमाडौं–देशभरका ७५३ स्थानीय तहका वेबसाइटमा समस्या देखिएको छ । 


काठमाडाैं महानगरपालिकाबाहेकका सवैजसो स्थानीय तहको वेबसाइटमा समस्या देखिदा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गर्नेदेखि केन्द्रदेखि पालिकासम्मको अनलाईन सम्पर्क टुटेको छ । 

 

मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी २०७२ सालमा स्थानीय तहको वेबसाइट बनाउने बाहेक हाल मन्त्रालयसँग स्थानीय तहको कसनै सम्वन्ध नभएकाले के कारणले सर्भर डाउन भएको भन्ने विषयमा आफु अनविज्ञ रहेको बताए । 

 

उता गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले भने संघीय मामला मनत्रालयलाई यसविषयमा जानकारी हुन सक्ने बताउँदै आफुले यसविषयमा बुझिरहेको जानकारी दिए । 

 

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षा हाेमनारायण श्रेष्ठ भने सर्भर डाउन भएको विषयमा आफुहरुलाई जानकारी नहुने भन्दै मन्त्रालयसँगै समन्वय गर्नुपर्ने बताउँछन् । मन्त्रालयले स्थानीय तहलाई मेन सर्भरको एक्सेस नदिएकाले मन्त्रालयबाटै समस्या समाधान हुने बताउँछन् ।