close

कोरोनाको त्रास, भेरोसेलको आस, (भिडियाे खबर)

कोरोनाको त्रास, भेरोसेलको आस, (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१)बर्दियाको बारबर्दिया नगरपालिकाले बारबर्दिया गौरव नामक स्थानीय पाठ्यक्रम तयार पार्‍यो, पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागु हुने ।


२) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ मा रहेको सिद्धिगणेश विद्यालयका शिक्षकलाई ल्यापटप हस्तान्तरण, प्रदेश सरकारले छनोट गरेका २० वटा नमुना विद्यालयमा सिद्धिगणेश पर्न सफल ।


३) पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ८ का १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि, १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित ।


४) हुम्लाको ताजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिए, स्थानीयलाई आवतजावतमा सहज हुने ।


५) बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको आरोपमा वडा सचिव उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंह पक्राउ, उनीहरुविरुद्ध अपराधिक लाभ र विश्वास घातसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप ।


६) कञ्चनपुरको भीमदत्त नगरपालिकाको कार्यालय परिसरमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान, नगर क्षेत्रका विद्यालयमा पनि पालिकाले मेसिन जडान गर्ने ।


७) तनहुँको घिरिङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा, १६ देखि २३ महिनाका बालबालिकालाई दिनुपर्ने खोपको सबै मात्रा दिएपछि पालिका भयो पूर्ण खोप सुनिश्चित ।


८) सरकारले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने, भूमिसम्बन्धी समस्या समाधान आयोगद्वारा सूचनामार्फत ३५ दिनभित्र आ–आफ्नो पालिकामा नाम दर्ता गर्न आग्रह ।


९) भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्न सुरु गर्‍यो, प्लान्ट सञ्चालनका लागि पालिकाले चीनबाट आवश्यक सामग्री ल्यायो ।


१०) काभ्रेको नमोबुद्ध नगरपालिकाले वडा नम्बर २ का कृषकलाई अनुदानमा मिनिटिलरसहितका कृषि औजार र उपकरण वितरण गर्‍यो, अनुदानमा कृषि उपकरण पाउँदा कृषक दंग ।


११) नवलपुरको हुप्सेकोट गाउँपालिकामा बाढीको वितण्डा, ३१ घर परिवार विस्थापित, विस्थापितलाई विद्यालयमा सारिया ।


१२) सिन्धुपाल्चोकको मेलम्ची बजारलाई पुरानै अवस्थामा फर्काउन मेलम्ची नगरपालिका र स्थानीय सक्रिय, बाढीले विनाश बनाएको स्थानमा डोजर चलाएर सफाइमा जुट्दै स्थानीय ।


१३) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय भवनबाट सेवा दिन थालियो, नवनिर्मित भवनको गरियो उद्घाटन ।


१४) अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकलाई विभिन्न कृषि सामग्री हस्तान्तरण गर्‍यो, , आयआर्जनमा सहयोग पुग्ने ।


१५) तलब नपाएको भन्दै सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका कर्मचारी आन्दोलित, करार कर्मचारीले ६ महिनादेखि तलब पाएनन् ।


१६) सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा व्यवस्थापन लागि गुल्मीको इस्मा गाउँपालिका र युनाइटेड वल्र्ड स्कुल नेपालबीच सम्झौता, विद्यार्थीको पठनपाठनमा समझौताले थप सहयोग पुग्ने ।


१७) गोरखाको अजिरकोट गाउँपालिकामा कोरोना संक्रमित बढेपछि पालिकाको कार्यालय ७ साउनसम्म बन्द हुने, अत्यावश्यक काम भने पालिकाले स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने ।


१८) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै कपिलवस्तुको बुद्घभूमि नगरपालिका क्षेत्रका बालशिक्षक आन्दोलित, नगरपालिकाले बजेटमार्फत पारिश्रमिक कार्यान्वयनमा ल्याएन ।


१९) काभेको नमोबुद्घ नगरपालिका वडा नम्बर ४ मा कोरोनाका संक्रमित बढ्दै, पालिकाले वडाको विभिन्न क्षेत्रलाई ७ साउनसम्म सिल गर्‍योे ।


२०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।