close

टोखालाई चीनकाे नाङसु नगरपालिकाद्वारा स्वास्थ्य सामग्री सहयोग

टोखालाई चीनकाे नाङसु नगरपालिकाद्वारा स्वास्थ्य सामग्री सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं- टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।  टोखा र नाङ्सु नगरपालिका बीच भगिनी सम्बन्धसमेत  रहेको छ ।


केरुङमा आयोजित एक कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत १३ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

 

 गत वर्ष पनि नाङ्सुले टोखालाई करीब दुई करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।