close

गोठमा भैँसी, भान्सामा चुलो, खाेपमा कैँची, तलबकै कुराे  (भिडियाेखबर)

गोठमा भैँसी, भान्सामा चुलो, खाेपमा कैँची, तलबकै कुराे  (भिडियाेखबर)

ADVERTISEMENT

१. बूढानीलकण्ठ नगरपालिकाको पहलमा ५१ हजारले लगाए कोरोना भाइरसविरुद्धको खोप, दुरुपयोग हुन नदिन वडावडामा गरी आठवटा खोप केन्द्र सञ्चालन । 

 

२. बैतडीको पाटन नगरपालिका, डिलाशैनी र दोगडादेकार गाउँपालिकामा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु, साउन १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा लगाइने । 

 

३. धनुषाको धनुषाधाम नगरपालिका–१ जानकीमा २८ करोड रुपैयाँ लागतमा जैविक मल उद्योग स्थापना हुने, प्रदेश २ का भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहद्वारा उद्योग स्थापनाका लागि भूमि शिलान्यास ।  

 

४. सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी, बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्ची ल्याइयो, अधिकांशमा एकै प्रकारको झाडापखाला भएको पुष्टि । 

५. कोरोना संक्रमण बढेपछि काभ्रेको मण्डनदेउपुर नगरपालिकाद्वारा साउन २७ सम्मका लागि भौतिक उपस्थितिमा हुने सबै पठनपाठन स्थगित, कक्षा ११ र १२ को वार्षिक परीक्षा भने जनस्वास्थ्यको मापदण्ड पूरा गरेर सञ्चालन गरिने । 


६. कृषी उस्मायन पद्धति मार्फत कृषिउद्यमशिलता विकास कार्यक्रममा सहभागी हुन कञ्चनपुरको भीमदत्त नगरपालिकाबारे जारी गर्यो सूचना, आवेकदलाई कार्यक्रम सम्बन्धी स्थलगत रूपमा अभिमुखीकरण तालिम दिइने । 


७. कारितास नेपाल धोविघाट ललितपुरद्वारा तनहुँको घिरिङ गाउँपालिकालाई दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग, स्वास्थ्य सामग्रीले कोभिड नियन्त्रणका लागि सहयोग पुग्ने पालिकाको दावी । 
 

८. उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु, सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल, स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पीसीआर र एन्टिजेन परीक्षण सुरु । 

 

९.तनहुँको व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स खरिद, १२ लाख ९५ हजारमा खरिद गरेर ल्याइएको एम्बुलेन्स छिट्टै सञ्चालनमा ल्याउने तयारी, नगरवासीलाई सहज रूपमा सेवा प्रदान गर्ने पालिकाको दावी । 

 

१०. धादिङको गजुरी गाउँपालिकामा मनोसामाजिक परामर्श सम्बन्धी तीन दिने तालिम सम्पन्न,  तालिममा ३० जना सहभागी, नवजात शिशु अवस्था, बाल्यवस्था, यौन तथा किशोरावस्थाबारे जानकारी पाउँदा सहभागी दंग । 


११. खोटाङको साकेला गाउँपालिकाले लगायो नदीजन्य पदार्थ संकलन तथा निकासीमा पूर्ण प्रतिबन्ध, निर्देशन अवज्ञा गरेको पाइएमा मालबाहकसहित कानूनी कारवाहीको प्रक्रिया अघि बढाइने पालिकाको चेतावनी ।


१२. युनिसेफ नेपालको आर्थिक सहयोगमा संचालित जलवायु उर्जा कार्यक्रम अन्तर्गत कालिकोटको खाडाचक्र नगरपालिकाले जलवायु परिवर्तन न्युनिकरण गर्न सुधारिएको चुलो विक्री गर्ने, चुलो खरिदका लागि जारी गर्यो सूचना । 


१३. काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाद्वारा वडा नं.१ मा रहेको शहिद पार्कमा निर्माणाधिन कागको अनुगमन, गाउँपालिकामा गएको पहिरो रोक्न विपद् जोखिम न्यूनिकरणका लागि निर्देशन । 


१४.महोत्तरीको गौशाला नगरपालिका–११ का वडाध्यक्ष बद्री नारायण श्रेष्ठ अस्पताल भर्ना, ब्रेन हेमरेज भएसँगै काठमाडौंको नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार हुँदै ।


१५. भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा नगरभित्रका ५ जना स्थानीयलाई उन्नत जातको भैंसी वितरण, उन्नत जातको भैंसी वितरण गरिएसँगै स्थानीयले मनग्य आम्दानी गर्न सक्ने विश्वास । 


१६. उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५द्वारा वडा भरका सार्वजनिक स्थानमा खानेपानी उपलब्ध गराउने उद्देश्यले फिल्टर वितरण, पूर्ण सरसफाई शीर्षकमा विनियोजन गरिएको एक लाख ५० हजार बजेटबाट ३० लिटर क्षमताका फिल्टर खरिद गरेर वितरण । 


१७. बजेट वक्तव्यमार्फत घोषणा भए बमोजिम शिक्षक र विद्यालय कर्मचारीको मासिक तबल १५ हजार उपलब्ध गराउन माग गर्दै नेपाल शिक्षक महासंघद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा धर्ना, कोभिड राहत कार्यक्रम घोषणा गर्न माग । 

 

१८. नवलपरासीको बर्दघाट नगरपालिका वडा न ४ अवस्थित पारिजात सामुदायिक वनको खाली जग्गामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, हर्रो,बर्रो,अमला, टिक, गुनमर, बास लगायत १३ प्रजातीका ७ हजार ५ सय विरुवाहरु रोपियो । 


१९. कञ्चनपुरको कृष्णपुर नगरपालिको वडा नम्बर ४ मालुवेलाबाट अव्यवस्थित बसोबासीको जग्गा नापी सुरु,  जग्गा नापीका लागि कन्ट्रोल प्वाइन्ट राखेर काम अगाडि बढाइयो, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १५ हजार ३०४ जनाको लगत संकलन । 

 

२०. काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा स्पाईनल कट ईन्जुरीका समस्याका बारेमा स्पाईनल कर्ड इन्जुरी संस्थाका पदाधिकारीको छलफल, पालिकाभित्रका बिरामीलाई नगरपालिकासँग मिलेर रोगको निदान गर्न सहकार्य गरिने ।