close

ललितपुर महानगरमा नगर प्रहरीको ‘एक्सन टिम’

ललितपुर महानगरमा नगर प्रहरीको ‘एक्सन टिम’

Trulli
ADVERTISEMENT

काठमाडौं- ललितपुर महानगरपालिकाले नगरबासीलाई सेवा दिन र नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन ‘एक्सन टिम’ सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाको कामलाई व्यवस्थित ढंगले अगाडि बढाउन टिम गठन गरिएको हो । 


कार्यक्रममा नगर प्रहरीको एक्सन टिमलाई ज्याकेट, गोप्रो क्यामेरा, भिडियो क्यामेरासहितको हेलमेटलगायत सामग्री हस्तान्तरण गरियो । महानगरभित्र हुने कामलाई स-प्रमाण देखाउन नगर प्रहरीको ‘एक्सन टिम’ लाई गोप्रो क्यामेरा प्रदान गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । 


महानगरभित्र एक्सन प्रहरीले गरेका कामलाई प्रमाणका रूपमा राख्न उक्त क्यामेरा उपयोगी हुने उनको विश्वास छ । महर्जनका अनुसार एक्सन प्रहरीलाई प्रदान गरिएको भिडियोसहितको क्यामेराले विपद् व्यवस्थापनमा पनि सहजीकरण गर्नेछ ।

 

महानगर प्रमुख महर्जनले देशभरका स्थानीय तहमध्ये ललितपुर महानगरको काम उत्कृष्ट रहेको दाबी गरे । उनले नेपालकै उत्कृष्ट सिटी निर्माणका लागि नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्व सफल रहेको बताए ।


ललितपुर महानगरले नगर प्रहरी प्रमुख हाछेथुको नेतृत्वमा विपद् व्यवस्थापनका क्रममा दमकल, एम्बुलेन्स, शव वाहन, नगर प्रहरीको ‘एक्सन टिम’ सँगसँगै एक साथ प्रभावित क्षेत्रमा जाने व्यवस्था सुरु गर्न लागेको उनको भनाइ छ । 

 

नगर प्रहरीको ‘एक्सन टिम’ ले नगरबासीका समस्यालाई तत्काल सहजीकरण गर्ने, नगरको विकास अभियानमा अवरोध पु¥याउने व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउने, विपद्मा परेकालाई उद्धार तथा आवश्यक सहयोग गर्ने, अनधिकृत विज्ञापन (भित्ते लेखन, पोस्टर) कर्तालाई कारबाही गर्ने, पैदल यात्रुलाई आउजाउ गर्न बाधा पुर्‍याउने फुटपाथ तथा सडकमा राखिएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गर्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । 

 

नगर प्रहरीले अनधिकृत रूपमा सडक तथा सडकपेटीमा आउजाउमा बाधा गर्ने गरी राखिएका निर्माण सामग्री हटाउने, सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्ने र अनधिकृत संरचना निर्माण गर्नेलाई कानुनी दायरामा ल्याउने काममा समेत ध्यान दिनेछ ।