close

बैंक छाेडेर घरघरमा भत्ता, खाेपमै ब्यस्त छन् गाउँका सत्ता (भिडियाेसहित)

बैंक छाेडेर घरघरमा भत्ता, खाेपमै ब्यस्त छन् गाउँका सत्ता (भिडियाेसहित)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 


१. बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तीन महिनादेखि उठेन फोहोर, नगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै । 

 

२. बैतडीको दोगडाकेदार गाउँपालिकामा ४० जना सडक मर्मत स्वयंसेवक नियुक्त, सडक सरसफाइ, मर्मतसम्भार तथा रेखदेखका लागि स्वयं सेवकलाई करार सेवामा नियुक्त गरिएको गाउँपालिकाद्वारा जानकारी, प्रत्येक स्वयंसेवकलाई मासिक १३ हजार ५ सय रुपैयाँ तलब दिइने । 


३. म्याग्दीका स्थानीय तहमा ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण सुरु, धार्मिक मान्यतासँग गाँसिएका बर–पिपल र चौतारी, पोखरीको संरक्षण र मर्मत सम्भारका लागि विभिन्न गाउँहरुमा अभियान नै सञ्चालन । 

 

४. पर्वतको फलेवास नगरपालिकाको केन्द्र सार्न पाउनेगरी सर्वाेच्च अदालतले सुनायो फैसला, पुरुषोत्तम भण्डारीको एकल इजलासले यसअगाडि निर्णय कार्यान्वयन नगर्नु भनी दिएको आदेशलाई उल्ट्याउँदै काम सुचारु गर्न पाउने गरी फैसला,  अब खानीगाउँकै झकलकमा ६० रोपनी ८ आना जग्गामा भवन निर्माण हुने । 

 

५. मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण, दुई वडाका अतिविपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युतको पहुँच पुर्‍याउन सोलार वितरण । 


६. तानसेन नगरपालिका, ग्लोबल आइएमइ बैङ्क, हेफर परियोजना र ग्रामीण आर्थिक विकास संघ रेडाको साझेदारीमा कृषि तथा पशु उद्यमशीतल विकास परियोजनामार्फत सहुलियत ब्याज दरको कर्जा प्रवाहका  लागि सम्झौता, कृषि क्षेत्रमा परिवर्तन ल्याउन सहयोग मिलेको दावी । 

 

७.सिन्धुलीको सुनकोशी गाउँपालिकामा करार सेवामा भर्ना खुल्यो, एक जना मेडिकल अधिकृतका लागि खुलेको भर्नामा एमबीबीएस कोर्स उत्तीर्ण गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकाले १५ दिनभित्र दरखास्त दिनसकिने । 

 

८.काभ्रेको नमोबुद्ध नगरपालिकाले सुरु गर्यो घरघरमै पुगेर सामाजिक भत्ता वितरण, बैंकसम्म पुग्न नसक्ने अशक्त व्यक्तिलाई बैंकका कर्मचारीसहित मोबाइल बैंकिङमार्फत घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पालिकाद्वारा जानकारी, सबै वडामा सञ्चालन गर्ने तयारी 

 

९. गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना, खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्य । 


१०. कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेसँगै रामेछाप जिल्लामा निषेधाज्ञा, निषेधाज्ञा लागु भएसँगै रामेछाप नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा साउन ३२ गतेसम्मका लागि बन्द । 

 

११. नवलपुरको मध्यविन्दु नगरपालिकामा अनलाइनमार्फत राजस्व भुक्तानी सुरु, नगरवासीले सम्पत्ति तथा भूमि, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने, राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास  । 

 

१२. तनहुँको भिमाद नगरपालिकाद्वारा अपाङ्गता भएकालाई घरमै पुगेर कोभिडविरुद्धको खोप लगाउन सुरु, घरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै । 


१३. ललितपुर महानगरपालिकाद्वारा नगर प्रहरीको कार्यमा तीव्रता र सेवामा प्रभावकारिता ल्याउन एक्सन टिम परिचालन, नगरप्रमुख चिरिबाबु महर्जनद्वारा दमकलमा कार्यरत कर्मचारीलाई क्यामरासहितको हेलमेट तथा अन्य सामग्री हस्तान्तरण ।

 

१४. काठमाडौं महानगरपालिकाका वडाहरुमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन स्थगित, महानगरलाई दिइएको खोप सकिएपछि कार्यक्रम स्थगित, बूढानीलकण्ठमा खोप सकिएको  र गोकर्णेश्वरमा  विवाद भएका कारण खोप कार्यक्रम सञ्चालन नहुने स्वास्थ्य कार्यालय काठमाडौंद्वारा जानकारी । 


१५.मकवानपुरको कैलाश गाउँपालिकाले बोलायो कार्यपालिका बैठक, साउन २२ गते बस्ने, भुक्तानी बाँकी योजना, ढुंगा, गिट्टी, बालुवाको टीओआर स्वीकृत गरिने बैठकको मुख्य एजेन्डा । 

 

१६.नवलपरासीको देवचुली नगरपालिकाले कृषक समूह दर्ता नविकरण गर्न जारी गर्यो सूचना, असोज मसान्तभित्र नविकरण गर्न नआए जरिवाना लाग्ने, कृषि विकास शाखाबाट सञ्चालित कार्यक्रम सञ्चालन गर्न नसकिने शाखा प्रमुखको भनाइ । 


१७. हुम्लाको स्वास्थ्य शाखाद्वारा ३ हजार ५ सय १० मिटर उचाइको रानीखर्क पुगेर चिकित्सक र स्वास्थ्यकर्मीको टोलीबाट गोठालाको स्वास्थ्य परीक्षण, बिरामी पर्दा स्थानीय जडीबुटीमा भर पर्ने गरे पनि चिकित्सकसँग स्वास्थ्य समस्या साट्न पाउँदा स्थानीय खुसी । 


१८. लामो समयदेखि वडा सचिव नपाएको विरोधमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयद्वारा नगरपालिकामा तालाबन्दी, स्वास्थ्य चौकीका इन्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्षको भनाइ । 

 

१९. दाङको राप्ती गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्न निर्देशन, अटेर गरी विद्यार्थीलाई विद्यालयमा बोलाई कक्षा सञ्चालन गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने ।

 

२०.र, सुर्खेतको गुर्भाकोट नगरपालिकाको मालारानी स्वास्थ्य चौकीमा सुत्केरीलाई पोषण कोशेली वितरण, आफ्नो र बच्चाको स्वास्थ्यमा नगरपालिकाले दिएको सहयोगप्रति नतमस्तक ।