close

डोरीले बाँधेर युवकलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

डोरीले बाँधेर युवकलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

जुम्ला- जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 


१५ साउनमा स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेपछि वडाध्यक्ष नेपालीलाई प्रहरीले २१ साउनमा पक्राउ गरेको हो । 


वडाध्यक्ष नेपालीलाई बिहीबार नै सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सर्पेलाई बन्धक बनाएपछि प्रहरी आएर मुक्त गरेको थियो ।


नेपालीले यसअघि जुनिचाँदे गाउँपालिका स्वास्थ्य सह-संयोजक यज्ञश्वर बस्नेतलाई पनि कुटपिट गरेका थिए । स्थानीय युवासँग विवाद हुँदा नेपाली आफैं घाइते भएका थिए ।