close

जुम्लाबाट भागेका बलात्कार आरोपित जाजरकोटमा पक्राउ 

जुम्लाबाट भागेका बलात्कार आरोपित जाजरकोटमा पक्राउ 

Trulli
ADVERTISEMENT

जुम्ला- बलात्कार घटनाका फरार आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । तिला गाउँपालिका वडा नम्बर ३ दानीवाडाका २० वर्षीय लक्की बुढालाई १९ साउनमा जाजरकोट जिल्ला प्रहरी कार्यालयले जाजरकोटबाट पक्राउ गरेको हो । 


११ जेठमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए । उजुरी प्रहरीमा आएको दिन पीडितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 


प्रहरीमा जबर्जस्ती करणी गरेको निवेदन आउनासाथ प्रहरी पीडकसमक्ष सोधपुछका लागि गएको थियो । प्रहरी पुग्दा जबर्जस्ती करणीको अरोप लागेका लक्की बुढा नदीमा हाम फालेर भाग्न खोज्दा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा युवन चौधरी बताए । 


उनका अनुसार आरोप लागेका बुढा घाइते भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनी २ महिनासम्म प्रतिष्ठानमा उपचार गराइरहेका थिए । उपचार भइरहेको मौका छोपी बुढा प्रतिष्ठानबाटै ८ साउनमा फरार भएका थिए । 


प्रहरीका अनुसार विशेष सुराकीको आधारमा खोजतलास गर्दै जाँदा आरोपित बुढालाई १९ साउन दिउँसो जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ लामितरामा बाटोमा हिँडिरहेको अवस्थामा प्रकाउ गरेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । 


जाजरकोट प्रहरीले आफ्नो कार्यालयमा ल्याई थप अनुसन्धानका लागि २० साउनमा जिल्ला प्रहरी कार्यालय जुम्ला पठाएको छ । बाटोबाट जुम्ला ल्याइपु¥याउन २ दिन लाग्ने चौधरीको भनाइ छ ।