close

२५ साउनमा सिदिङ्वाको बजेट अधिवेशन

२५ साउनमा सिदिङ्वाको बजेट अधिवेशन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको बजेट अधिवेशन २५ साउनका लागि आह्वान गरिएको छ । गाउँपालिकाले आउँदो बुधबार सातौँ गाउँसभा अधिवशेन आह्वान गरेको हो ।


प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले २५ साउनमा सातौँ गाउँसभा अधिवशेन आह्वान गरेका हुन् ।


उनका अनुसार गाउँसभाका लागि आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम तथा बजेट, आर्थिक वर्ष २०७८/७९ को आर्थिक तथा विनियोजन विधयेक, विभिन्न कानुन संशोधन विधयेक र अन्य विविध कार्यसूची तय भएका छन् ।


१० असारमा पालिका अध्यक्ष कडरियालाई कोरोना संक्रमण भएपछि त्यतिबेला हुन नसकेको बजेट अधिवशेन पालिकाले पछि ३० असारका लागि तोकेको थियो । 


सो बेला पनि पालिकाका प्रत्येक वडामा कोरोना संक्रमितको अवस्था भयावह हुन थालेपछि स्थगित गरी २५ साउनका लागि सिदिङ्वाले बजेट अधिवेशन बोलाएको हो ।