close

यसरी टुंगियो फलेवासको केन्द्र विवाद (भिडियाे खबर)

यसरी टुंगियो फलेवासको केन्द्र विवाद (भिडियाे खबर)

ADVERTISEMENT

पर्वत- स्थानीय तह कार्यान्वयनमा आएको करिब साढे चार वर्षपछि पर्वतको फलेवास नगरपालिकाको स्थायी केन्द्रको टुंगो लागेको छ । केन्द्रबारे नगरसभामा लामो समय छलफल भएको थियो । नगरसभाको बहुमतले पारित गरेको स्थायी केन्द्रबारे नगरप्रमुख र उपप्रमुखबीचको विवादका कारण टुंगोमा पुग्न सकेको थिएन । 

 

विवाद उत्कर्षमा पुगेपछि बहुमत सदस्यले टुंग्याएको केन्द्रको विपक्षमा नगर उपप्रमुख मञ्जु अधिकारी सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा लामो रस्साकस्सीपछि पुनः साविकमा तोकिएको स्थानमा केन्द्र रहने गरी अदालतको फैसला आएको छ । 

 

लामो रस्साकस्सी र विवाद झेलेपछि अन्तः पर्वतको फलेवास नगरपालिकाको स्थायी केन्द्रको विवाद टुंगिएको छ । नगरपालिकाले खानीगाउँस्थित सिंचाइ कार्यालयबाट झकलकस्थित राहालेचौरमा केन्द्र राख्ने निर्णय गरेको थियो । तर, नगरपालिकाको केन्द्र निर्धारणमा उपप्रमुख मञ्जु अधिकारीले आफ्नो घर नजिकै केन्द्र राख्नेगरी परमादेशको माग गर्दै २०७७ चैत २२ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । 


अधिकारीको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले चैत २५ मा प्रशासकीय भवन तत्कालका लागि निर्माण नगर्न आदेश जारी गर्‍यो । 


अदालतको आदेशपछि नगरपालिकाका नगरप्रमुखले रिट खारेज गर्न माग गर्दै वैशाख ९ मा निवेदन दिए । निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यसअिघको आदेश खारेज गरिदिएसँगै स्थायी केन्द्रको विवाद टुंगिन पुगेको छ ।


हाल प्रशासकीय भवन रहेका स्थानमा प्रशासकीय भवन बनाउन जग्गा अपुग भएपछि कार्यपालिकाले जग्गा प्राप्त गर्न सूचना आह्वान गरेको थियो । सूचनापछि ६० रोपनी ८ आना जग्गा फलेवास नगरपालिका-५ खानीगाउँमै प्राप्त भएकोले नगरवासी र पदाधिकारी पनि खुसी भएका छन् ।


झकलकमा ६० रोपनी जग्गाको व्यवस्थापन भएकाले यो स्थान नगरको केन्द्र बन्न प्रभावकारी मानिएको छ । नगरपालिकाको केन्द्रबारेको दुविधा अन्त्य भएकोमा नगरवासीहरुले सर्वोच्चको आदेशको स्वागत गरेका छन् ।