close

कोहलपुरमा बाल राहत कोष, कर नतिर्नेलाई कारबाही होस् (भिडियो खबर)

कोहलपुरमा बाल राहत कोष, कर नतिर्नेलाई कारबाही होस् (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 

 

१) महोत्तरीको गौशाला नगरपालिकाले करारमा ३० जना शिक्षक नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 

२) २५ साउनमा बजेट अधिवेशन गर्ने ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको तयारी, बजेट अधिवेशनमा आर्थिक वर्ष ०७८/७९ को आर्थिक तथा विनियोजन विधेयक, कानुन संशोधन विधेयक र अन्य विविध कार्यसूची तय । 

 

३) धनकुटाको पाख्रीबास नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा रिक्त रहेका दरबन्दीमा करार सेवामा शिक्षक पदपूर्ति गरिने, अनलाइन दरखास्त दिन पालिकाले जारी गर्‍यो सूचना । 

 

४) कोरोना बढेपछि स्याङ्जाको गल्याङ नगरपालिकामा २४ साउनदेखि ३२ गतेसम्मका लागि आंशिक निषेधाज्ञा, वडाको सिफारिस लिएर सवारीसाधन सञ्चालन हुने, पसल सञ्चालनमा टाइम कार्ड लागु । 

 

५) लमजुङको मर्स्याङदी गाउँपालिकाले सडक निर्माण गर्दा मेसिन प्रयोग गर्न रोक लगायो, जेठ, असार, साउन र भदौमा मेसिन प्रयोग गर्न नपाइने । 

 

६) बझाङको साइपाल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जंगवीर बोहराले काँडा माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई विद्यालय पोशाक उपलब्ध गराए, पोशाक पाउँदा विद्यार्थी दंग । 

 

७) कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई काठमाडौंमा २५ साउन देखि दोस्रो मात्रा दिइने, जिल्लाका ११ वटै पालिकामा खोप केन्द्र निर्धारण । 


८) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ का शिक्षकलाई मालिकादेवि सामुदायिक सिकाइ केन्द्रले दियो अनलाइन शिक्षण तालिम, ६४ जना शिक्षकको सहभागिता । 


९) कोरोना संक्रमण बडेपछि हुम्लाको ताँजाकोट, अदानचुली र चंखेली गाउँपालिकाका विद्यालय पुनः बन्द, गाउँगाउँमा संक्रमित बढ्दै । 

 

१०) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सुत्केरी, गर्भवती र ७० वर्ष माथिका नागरिक लगायतलाई  एम्बुलेन्स र नगर बसमा निःशुल्क सेवा दिने, पालिकाको निर्णयले नगरवासी दंग । 

 

११) कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि इलामको माङसेबुङ गाउँपालिकाको सेवा २९ साउन सम्म बन्द गर्ने निर्णय, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह । 


१२) बागलुङको गलकोट नगरपालिका र स्थानीय मिलेर गलकोटको कोतघर संरक्षण गर्न थालियो, सडकदेखि खुँडा र खुकुरीसम्म तयार ।

 

१३) रसायनिक मल आपूर्ति तथा बिक्री वितरण गर्न सिन्धुलीको कमलामाई नगरपालिकाले कृषि सहकारी र फार्मलाई सूचिकृत हुन जारी गर्‍यो सूचना, १० भदौभित्र पालिकामा कागजात पेश गर्नुपर्ने । 

 

१४) काठमाडौं महानगरले सम्पत्ति कर नतिर्नेको सूची सार्वजनिक गर्‍यो, सम्पर्कमा नआउनेको सेवा बन्द गर्ने पालिकाको तयारी ।


 १५) संखुवासभाको चिचिला गाउँपालिकाले भूकम्प पीडितसँग रकम असुल्ने प्राविधिकबाट रकम फिर्ता गर्‍यो, १ लाख ३० हजार रुपैयाँ रकम फिर्ता ।

 

१६) बझाङको बित्थडचिर गाउँपालिकामा बालविवाह रोकथामका लागि अभिभावक लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन, तालिमा २५ साउन सम्म चल्ने ।


 १७) तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा सार्वजनिक बिदा दिने निर्णय, दिवसका अवसरमा कार्यक्रम गरिने ।


१८) बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीद्वारा काभ्रेको धुलिखेल नगरपालिकाको भ्रमण,  दुई नगरको विकासका विषयमा छलफल ।  

 

१९) बाकेको कोहलपुर नगरपालिकाद्वारा बाल राहत कोष स्थापना गर्ने निर्णय, बालबालिकाको उद्धार, राहत व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने लक्ष्य ।

 
२०) पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगरसम्म १४ सय मिटरको दूरीमा जिपलाइन बनाउन सुरु ।