close

९० वर्षमा फर्कियो खोलो, विराटनगरमा शुल्कको कोकोहोलो (भिडियो खबर)

९० वर्षमा फर्कियो खोलो, विराटनगरमा शुल्कको कोकोहोलो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 

 

१) चितवनको भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षको वार्षिक प्रगतिबारे समीक्षा गर्‍यो, कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागिता । 

 

२) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको गाउँसभाको सातौँ अधिवेशन सम्पन्न,  सभाले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय । 

 

३) कर्मचारी एकाएक बिरामी भएपछि चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ को कार्यालय २७ साउनसम्म बन्द, वडावासीलाई घरमै बस्न पालिकाको आग्रह ।


४) सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिका दुई-दुई वडामा कोभिड १९ लक्षित टेलिमेडिसिन कार्यक्रम सुरु, हिमालयन कोभिड १९ टाक्स फोर्सले दियो टेलिमेडिसिन । 


५) तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी दिवसको अवसरमा दियो सार्वजनिक बिदा, दिवसका अवसरमा नगर क्षेत्रमा विभिन्न कार्यक्रम ।


६) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता । 


७) अभिभावकसँग सहमतिमा मात्र शुल्क लिन मोरङको विराटनगर महानगरपालिकाले निजी विद्यालयलाई दियो निर्देशन, विद्यालय सञ्चालकले महामारी अगाडि सरहकै शुल्क लिएको गुनासो । 

 

८) मोरङको बेलबारी नगरपालिकामा थपियो निषेधाज्ञा, ३२ साउन मध्यरातसम्म जारी रहने, बैंक तथा वित्तीय संस्था, हाट बजार र सरकारी कार्यालय पूर्ण रुपमा बन्द गर्ने । 

 

९) कैलालीको जानकी गाउँपालिकाले तरकारी खेती क्षेत्र विस्तार कार्यक्रममा सहभागी हुनेले इच्छापत्र पेश गर्न सूचना जारी गर्‍यो, तरकारी, बीउ र उत्पादन सामग्रीमा ७५ प्रतिशतसम्म अनुदान दिइने । 

 

१०) म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पञ्चवर्षीय आवधिक योजना बनाउने, योजना बनाउन कार्यशाला आयोजना । 

 

११) कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा अनुदानको मल खाद विक्री वितरण गर्न २६ सहकारी संस्थालाई सूचना जारी, सहकारीमा आउने सबैलाई पालिकाले तोकेको मुल्यमा विक्री गर्न निर्देशन ।

 
 १२) अछामको चौरपाटी गाउँपालिकाले २९ साउनदेखि पुनः रिचार्ज पोखरी अभियान सुरु गर्ने, रिचार्ज पोखरी वर्ष मनाउन अभियान चलाउन लागिएको अध्यक्ष हर्कबहादुर साउदद्वारा जानकारी । 

 

१३) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ को सातकन्या माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण, शिक्षण सिकाईमा प्रभावकारी हुने वडाध्यक्ष कमलबहादुर खड्काको भनाई । 

 

१४) भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नम्बर १ की ८८ वर्षीया सुभद्रा खड्काले ९० वर्षकाे उमेरमा पाइन घरमै नागरिकता, घरमै पुगेर अशक्तलाई नागरिकता दिदा संघीयताको अभ्यास भएको गाउँपालिकाको दावी । 


 १५) बाढी पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको मेलम्ची नदीलाई पुरानै धारमा फर्काउन जुट्यो मेलम्ची नगरपालिका, चार वटा डोजर प्रयोग गरिदै ।

 

१६) काभ्रेको पाँचखाल नगरपालिकाले सार्वजनिक गर्‍यो दोस्रो लहर यताको कोरोना विवरण, कोरोनाबाट १२ जनाको मृत्यु, ५३ जना उपचाररत । 


 १७) ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सन्तानेश्वर मन्दिर परिसरमा रहेको महाङ्कल मन्दिरमा गजुर प्रतिस्थापन गरे, सम्पदा संरक्षणमा पालिका सक्रिय ।

 

१८) कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि इलामको माङसेबुङ गाउँपालिकाको सेवा २९ साउन सम्म बन्द गर्ने निर्णय, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह । 

 

१९) रसायनिक मल आपूर्ति तथा बिक्री वितरण गर्न सिन्धुलीको कमलामाई नगरपालिकाले कृषि सहकारी र फार्मलाई सूचिकृत हुन जारी गर्‍यो सूचना, १० भदौभित्र पालिकामा कागजात पेश गर्नुपर्ने । 

 
२०) थारु आयोग र दाङको राप्ती गाउँपालिकाका प्रतिनिधि बीच थारु समुदायका विभिन्न कला संस्कृति संरक्षणका विषयमा छलफल सम्पन्न ।