close

जलवायु परिवर्तन अनुकूलीत बन्दै बाउनीपाटा गाउँ

जलवायु परिवर्तन अनुकूलीत बन्दै बाउनीपाटा गाउँ

Trulli
ADVERTISEMENT

दाङ- वातावरण र कृषिको क्षेत्रमा काम गर्दै आएको नामसालिङ्ग सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिकाको सहकार्यमा जलवायु परिवर्तन अनुकूलन गाउँ निमार्णका लागि काम सुरु गरेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर २ मा पर्ने बाउनीपाटा गाउँलाई जलवायु परिवर्तन अनुकूलन गाउँ निमार्णका लागि काम सुरु गरिएको हो ।


पहाडि बस्तीको रुपमा रहेको बाउनीपाटा गाउँलाई पछिल्लो जलवायु परिवर्तनका कारण मानव जीवन, सामाजिक–आर्थिक विकास, कृषि उत्पादन, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको महसुस गरी सो क्षेत्रलाई अनुकुलीत गाउँ निमार्णका लागि काम सुरु गरिएको संयोजक विनोद कुमार निरौलाले बताए । 

 

पछिल्ला वर्षहरुमा अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको अवस्थामा बाउनीपाटा गाउँमा बस्ने नागरिकलाई अनुकूलनका बारेमा जानकारी गर्दै जलवायु परिवर्तन अनुकूलन योजनासमेत निर्माण गरी कार्यन्वयमा ल्याईने नामसालीङ संस्थाका दाङ संयोजक  शशांङ्क बाबु आचार्यले जानकारी दिए । 


बाउनीपाटा गाउँलाइ करीब ६ महिनाको प्रयासमा पूर्ण अनुकुलीत गाउँ निमार्ण गरिने योजना सहित ७ सदस्यीय समिति समेत निर्माण गरिएको छ । समितिको  संयोजकमा केयर सिंह तारन मगर, सचिवमा सिता भण्डारीलाई चयन गरिएको छ । अनुकूलन योजना निर्माण समितिको सदस्यमा हेमकला पुलामी, छमा राना,  टेक बहादुर रखाल, विर बहादुर मरसागंी मगर र हुमा बुढा मगरलाई छनौट गरिएको छ ।