close

 तालिमले जगायो आस, जताततै कोरोनाको त्रास (भिडियो खबर)

 तालिमले जगायो आस, जताततै कोरोनाको त्रास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 

 

१) पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैधरुपमा उत्खनन गरी निकालिएको बालुवा र गिट्टी लिलाम गर्ने, कार्यपालिका बैठकले गर्‍यो यस्तो निर्णय ।

 

२) उद्यम विकास कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले वडा नम्बर ५ का कृषकलाई बाख्रा वितरण गर्‍यो, आयआर्जनमा सहयोग पुग्ने ।

 

३) तनहुँको म्याग्दे गाउँपालिकालाई एचइएल नेपाल प्रालिले दियो विभिन्न स्वास्थ्य सामग्री, जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेले पालिकालाई गरे सामग्री हस्तान्तरण ।

 

४) नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित बेतिनी स्वास्थ्य चौकीका कार्यालय सहयोगी केशरबहादुर तामाङको उपचारको क्रममा निधन, तामाङको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।

 

५) दाङको लमही नगरपालिकाले नदीजन्य पदार्थ विक्रि वितरणका लागि सूचना जारी गर्‍यो, इच्छुकले विद्युतीय बोलपत्रमा भाग लिनुपर्ने ।

 

६) मकवानपुरको मनहरि गाउँपालिकाको दुई वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न, अन्य चार वटा वडाको भवन निर्माण जारी ।


७) काभ्रेको मण्डनदेउपुर नगरपालिकाले ३२ साउनसम्म भौतिक रुपमा विद्यार्थी सहभागी गराई पठनपाठन सञ्चालन नगर्न विद्यालयलाई दियो निर्देशन, भदौदेखि संक्रमणको अवस्था हेरेर थप निर्णय गरिने ।


८) कोराना संक्रमित बढेपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ सिल, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन वडाको आग्रह ।

 
९) उदयपुरको उदयपुरगढी गाउँपालिकाले सामान तथा विविद्य प्रकारका सेवाको आपूर्ति प्रयोजनका लागि सूची दर्ता गर्न सूचना जारी गर्‍यो, इच्छुकले पालिकामा कागजात सहित दरखास्त पेश गर्नुपर्ने ।


१०) काठमाडौंको चन्द्रागिरि नगरपालिका ३ नम्बर वडाले ३१ साउनदेखि नयाँ कार्यालयबाट सेवा सुरु गर्ने,  आयल निगमको डिपो नजिकै भवन तयार ।

 

११) ललितपुरको महालक्ष्मी नगरपालिका ९ नम्बर वडाको कार्यालय भवन निर्माण गरिने, नगरप्रमुख रामेश्वर श्रेष्ठले गरे भवनको  शिलान्यास ।


१२) डडेलधुराको परशुराम नगरपालिकाले एक जना सूचना प्रविधि अधिकृत करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिन भित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।


१३) साना व्यावासायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम सञ्चालनका लागि स्याङ्जाको गल्याङ नगरपालिकाले प्रस्ताव आह्वान गर्‍यो, इच्छुक कृषि समूह र सहकारीले १५ दिन भित्र पालिकामा सम्पर्क गर्नुपर्ने ।


१४) सिन्धुलीको दुधौली नगरपालिकाले स्वास्थ्य चौकी दुधौलीमा २८ साउनमा रक्तदान कार्यक्रम आयोजना गर्ने, नगरवासीलाई रक्तदान गर्न पालिकाको आग्रह ।

 

१५) बर्दियाको बाँसगढी नगरपालिकाले सामुदायिक विद्यालयलाई कार्यरत शिक्षक र रिक्त रहेको शिक्षक दरवन्दी  विवरण पठाउन सूचना जारी गर्‍यो, २९ साउनसम्म विवरण पठाउनु पर्ने ।


१६) सामाजिक सुरक्षा परिचय पत्र नवीकरण तथा वितरणका लागि खोटाङको साकेला गाउँपालिकामा घुम्ती शिविर आयोजना, शिविरको लाभग्राहिको उल्लेख्य सहभागिता ।


 १७) सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा होल्डीङ सेन्टरका लागि ट्रस्ट भवन निर्माण सम्पन्न, भारत लगायत तेश्रो मुलुक तथा विभिन्न जिल्लाबाट फर्किने नागरिकलाई कोरोना परीक्षण अवधिसम्म राख्न सहज हुने ।

 

१८) बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य तर्फ करारमा कर्मचारी नियुक्त गर्ने, इच्छुकले १५ दिन भित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

१९) सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेकपुरमा २५ दिने सिपमुलक तालिम जारी, तालिमबाट उत्पादन हुने सामग्रीको बजारीकरणमा पालिकाले सहयोग गर्ने । 


२०) डोटीको जोरायल गाउँपालिकाको आयोजनामा बालबालिकाको नेतृत्व क्षमता विकास तथा बाल क्लब व्यवस्थापन सम्वन्धि तालिम जारी ।