close

वडाध्यक्षको गयो ज्यान, मध्यपुर थिमिमा मास्क अभियान (भिडियो खबर)

वडाध्यक्षको गयो ज्यान, मध्यपुर थिमिमा मास्क अभियान (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 

 

१) बाराको सिम्रौनगढ नगरपालिका-८ का वडाध्यक्ष दामोदर जयसवालको मस्तिष्कघातका कारण काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन, ५० वर्षीय जयसवाललाई उपचारका लागि २० गते ल्याइएको थियो अस्पताल ।

 

२) कोरोना संक्रमण बढेपछि रामेछाप नगरपालिकाले अत्यावश्कबाहेकका सबै सेवा बन्द गर्‍यो, जिल्लामा १० भदौसम्म निषेधाज्ञा जारी ।

 

३) उच्च अदालत पोखराले स्याङ्जाको चापाकोट नगरपालिकामा मापदण्डविपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको विषयमा छलफल गर्न नगरप्रमुख शिवकुमार गिरीसहित विपक्षीलाई बोलायो, ९ भदौका लागि पेशी तोकियो ।

 

४) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।

 

५) काठमाडौंको कीर्तिपुर नगरपालिका क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने काम सुरु, विद्युतीयलगायत अन्य प्रकारका तार पनि भूमिगत गरिने ।

 

६) कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेवा ४ भदौसम्म बन्द गर्ने निर्णय, चारजना कर्मचारीलाई कोरोना पुष्टि ।

 

७) राष्ट्रव्यापी नेपाल मास्क कार्यक्रम भक्तपुरको मध्यपुर थिमि नगरपालिबाट सुरु, घरघरमा मास्क वितरण गर्न १५ जना स्वयंमसेवक परिचालन ।

 

८) काभ्रेको पाँचखाल नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न टोली खटियो, नगरवासीले आफ्नो वडामा विवरण भर्नुपर्ने ।

 

९) बाँकेको कोहलपुर नगरपालिकाले विभिन्न वडामा सडक कालोपत्रे तथा नाली निर्माण गर्न बोलपत्र आह्वान गर्‍यो, पालिकाद्वारा सूचना जारी ।

 

१०) कोरोना संक्रमित बढेपछि गोरखाको पालुङटार नगरपालिकाले ११ भदौसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गर्‍यो, स्वास्थ्य सतर्कता अपनाउन पालिकावासीलाई आग्रह ।

 

११) बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा सम्पन्न ।

 

१२) मोरङको लेटाङ नगरपालिका-२ ले लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता २ भदौदेखि बाँड्ने, नेपाल बंगलादेश बैंकको बुधवारे शाखाबाट भत्ता बुझ्न सकिने ।

 

१३) मोरङको पथरी शनिश्चरे नगरपालिकाले सहकारी संस्थालाई लेखा परीक्षक नियुक्ति गरेपछिको विभिन्न विवरणको जानकारी पठाउन सूचना जारी गर्‍यो, विवरण १० दिनभित्र पठाउनुपर्ने ।

 

१४) बैतडीको पाटन नगरपालिकाका विद्यालयमा कार्यरत बालविकास सहकर्ता र कर्मचारी तलब वृद्धिको माग राख्दै आन्दोलित, न्यूनतम तलब १५ हजार हुनुपर्ने माग ।

 

१५) सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बाढीपहिरो प्रभावितलाई नेपाल ह्योल्मो समाज सेवा संघले सहयोग गर्‍यो, पालिका अध्यक्ष टासी लामालाई सहयोग हस्तान्तरण ।

 

१६) नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिकाको दूधपाटीस्थित एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्यायो, नगरप्रमुख सुनिल प्रजापतिले गरे काउन्टरको उद्घाटन । 

 

१७) बैतडीको पुर्चौडी नगरपालिकाको नगर कार्यपालिका बैठक ३ भदौमा बस्ने, बैठकमा विभिन्न विषयमा छलफल हुने सूचनामार्फत पालिकाले दियो जानकारी । 


१८) जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा, तिलाठी कोइलाडी गाउँपालिका-५ को बर्साइनस्थित दलित बस्ती डुबान ।

 

१९) संखुवासभाको खाँदबारी नगरपालिकाले ४७ महिला उपभोक्ता समितिलाई पुरस्कृत गर्‍यो, समयमै योजना सम्पन्न गर्ने समितिलाई योजनाको कुल रकमको ३ प्रतिशत रकमले पुरस्कृत । 

 

२०) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले ४८ घण्टे तालिम प्राप्त मेलमिलापकर्तालाई सूचीकृत हुन सूचना जारी गर्‍यो, ७ भदौसम्म सूचीकृत हुनुपर्ने ।