close

तिलोत्तमा हरित पुनःउत्थान प्रवर्द्धन परियोजना: रोजगारी सिर्जनामा सघाउने 

तिलोत्तमा हरित पुनःउत्थान प्रवर्द्धन परियोजना: रोजगारी सिर्जनामा सघाउने 

Trulli
ADVERTISEMENT

रूपन्देही- तिलोत्तमा नगरपालिकामा हरित पुनःउत्थान प्रवर्द्धन परियोजना (पिजीआरपी) सुरु भएको छ । नगरलाई सफासुन्दर बनाउनुका साथै रोजगारी सिर्जना गर्ने तथा उत्पादन वृद्धि गर्ने लक्ष्यसहित परियोजना सुरु गरिएको हो ।


संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र तिलोत्तमा नगरपालिकाको सहयोग तथा व्यवस्थापनमा परियोजना सुरु भएको हो ।


तिलोत्तमामा परियोजनाबारे अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ । तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले परियोजनासँग सहकार्य गरेर रोजगारी सिर्जना गर्न र फोहोरमैलाको व्यवस्थापनमा काम गरिने जानकारी दिए ।


कार्यक्रममा युएनडिपी नेपालका लुम्बिनी र गण्डकी प्रदेश प्रमुख सुदीप अर्यालले दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित पुनःउत्थान परियोजनाले सहयोग पुर्‍याउने बताए । अर्यालले भने, ‘युएनडिपीको नगरपालिकासँगको सहकार्य अहिलेसम्म उपलब्धिमूलक रहेको छ ।’ ।


कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललगायत सहभागी थिए ।