close

सयपत्रीले चिटिक्क बन्दै सैनामैना

२२ हजार सयपत्री फूलका बेर्ना बाँडियो 

सयपत्रीले चिटिक्क बन्दै सैनामैना

२२ हजार सयपत्री फूलका बेर्ना बाँडियो 

Trulli
ADVERTISEMENT

रूपन्देही(सैनामैना)- रूपन्देहीको सैनामैनामा नगरपालिकामा २२ हजार सयपत्री फूलका बेर्ना वितरण गरिएको छ । नगरपालिकाभित्र सयपत्रीका बिरुवा लगाएर नगरलाई सौन्दर्य बनाउने बेर्ना बाँडिएको हो । कोभिड–१९ उद्दार र सामाजिक, आर्थिक प्रतिकार्य पहल परियोजनाअन्तर्गत सैनामैना नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम 


(युएनडिपी) को साझेदारी एवं सेतोगुँरास बाल विकास सेवा रूपन्देहीको सहजीकरणमा नगरका ४४ जना कृषकलाई उक्त फूलको बेर्ना वितरण गरिएको नगरपालिकाले जनाएको छ ।  कृषकलाई बेर्ना वितरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले पालिकाले कृषि क्षेत्रमा प्राथमिकता दिएको बताए । 


उनले नगरमा कृषक एवं उद्यमी बन्न चाहने व्यक्तिलाई विभिन्न समय अनुदान प्रदान गरिएको बताउँदै फूल खेतीमा आत्मनिर्भर बन्न कृषकलाई फूलका बेर्ना वितरण गरिएको उल्लेख गरे । गत वर्ष फूल खेतीबाट महिला समूहले मनग्य आम्दानी गरेको उल्लेख गर्दै यो वर्ष बेर्नाको संरक्षण गर्दै फूल तयारी गरेर बिक्री गरी मनग्य आम्दानी गर्नुपर्नेमा जोड दिए ।


मंगलबार नगरका ११ वटै वडाका गरी कुल ४४ जना कृषकलाई ५/५ सयका दरले कलकत्ता लोकल जातका सयपत्री फूलका बेर्ना वितरण गरिएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यकारी निर्देशक सुमित्रा शर्माले जानकारी दिए । 


उनले नगरमा गत वर्ष गरिएको फूल खेतीबाट राम्रो आयआर्जन भएकाले यस वर्ष पनि उचित प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गरे । सैनामैनामै उत्पादन भएको बेर्नालाई नगरमै खपत हुने किसिमले तयारी गर्न उनले लाभग्राहीलाई आग्रह गरिन् । 


सेतो गुराँस बाल विकास सेवाको समन्वयमा बहु तह कृषि तथा वृक्षारोपण कृषक समूह वडा नम्बर ७ देउवापारबाट प्रतिबेर्ना ३ रुपैयाँमा फूलका बेर्ना खरिद गरिएको हो ।


यसअघि नगरपालिकाले सेतो गुराँसको समन्वयमा नगरमा १० वटा समूहलाई फूलका बेर्ना वितरण गरिसकेको छ । कार्यक्रममा नगर उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलगायत सहभागी थिए ।