close

बालमैत्री स्थानीय शासनका ५१ सूचकांक तयार पार्दै चाँगुनारायण

बालमैत्री स्थानीय शासनका ५१ सूचकांक तयार पार्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालमैत्री स्थानीय शासन अपनाउने तयारी गरिरहेको छ ।  पालिकाले फागुन मसान्तसम्ममा बालमैत्री स्थानीय शासन घोषणाको तयारी भइरहेको जनाएको छ । 


त्यसका लागि पालिकाले वडास्तरीय बालमैत्री स्थानीय शासनसम्बन्धी नीति तथा घोषणाको अभिमुखीकरण तालिम सबै वडामा दिइसकेको छ । बालमैत्री स्थानीय निकाय हुन तयार पार्नुपर्ने ५१ वटा सूचकांकका लागि कार्यक्रम गरिरहेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । 


उनका अनुसार असोजभित्र नगरका बालबालिकाको प्रोफाइल तयार पार्नुपर्ने र त्यसकै आधारमा ५१ सूचकांक तयार भए नभएको प्रष्ट हुनेछ ।


बालमैत्री स्थानीय शासन घोषणा सम्पर्क अधिकारी आशा माझीका अनुसार पालिकाले नगरका ९ वटै वडाका लागि एक एक जना सहजकर्ता चयन गरिसकेको छ । उनले प्रत्येक वडामा एक जना वडा सदस्यलाई बालमैत्री सम्पर्क व्यक्ति छनोट गरिसकेको बताइन् । 


सबै वडामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन भइसकेको छ । सबै वडामा वडाध्यक्ष नै समितिकोे अध्यक्ष रहने उनले बताइन् । ‘बालमैत्री स्थानीय शासनका लागि सबै वडामा नियमित कार्यक्रम गर्दै आएका छौँ’,उनले भनिन् ।