close

सोरुका किसानले पाए दाँते ओखर र टिमुरका बिरुवा 

सोरुका किसानले पाए दाँते ओखर र टिमुरका बिरुवा 

Trulli
ADVERTISEMENT

मुगु- मुगुको सोरु गाउँपालिकाले किसानलाई दाँते ओखर, टिमुर र कागतीका बिरुवा वितरण गरेको छ । विभिन्न सहयोगी दाता र हिमाली ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजनाअन्तर्गत सोरु गाउँपालिका वडा नम्बर १, २ र ४ का किसानलाई उक्त बिरुवा वितरण गरिएको हो । 


उक्त वडाका किसानलाई १ हजार ६ सय वटा दाँते ओखरका बिरुवा वितरण गरिएको छ । १ हजार १ सय टिमुर र ४ सय वटा गोल्डेन कागतीका बिरुवा वितरण गरिएको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक सूर्य रोकायाले जानकारी दिए ।


उनका अनुसार सोरुका किसानलाई व्यावसायिक र कृषि क्षेत्रबाट आम्दानी लिन सक्ने बनाउन विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको हो । जिल्लाको अन्य स्थानीय तहभन्दा सोरु क्षेत्रमा यस्ता बिरुवाको उत्पादन तथा खेती हुने भएकाले किसानलाई वितरण गरिएको हो ।  तीन सहकारी र तीन वटा कृषि सहकारीलाई पनि बिरुवा वितरण गरिएको छ ।