close

सानिगाड पहिरोले थुनियो

सानिगाड पहिरोले थुनियो

Trulli
ADVERTISEMENT

बझाङ- बझाङको बुंगल नगरपालिकामा रहेको सानिगाड नदी थुनिएको छ ।


लगातारको वर्षाका कारण नगरपालिकाको वडा नम्बर ७ मा रहेको महादेव माविको गेटबाट पूरै डाँडो भत्किएर नदीमा पुगेपछि थुनिएको स्थानीय आरविक्रम ओखेडाले बताए । 


उनका अनुसार थुनिएको नदीले मानव बस्तीदेखि अन्य क्षेत्रमा क्षति पुग्ने देखिएको छ । थुनिएको नदी माथिबाट ओभर फलो हुँदै पानी निकास हुन थालेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

 

प्रजिअका अनुसार कालंगा हाइड्रोपावरमा रहेका उपकरण प्रयोगमा ल्याउन आग्रह गरिएको छ । सुरक्षा निकाय नदी थुनिएको स्थलमा पुग्दै छ । 


प्रहरी पुगिसके पनि नेपाली सेना र सशस्त्रको टोली केही बेरमा पुग्ने प्रजिअको भनाइ छ । उनले नदी वरपरकालाई सचेत रहन आग्रह गरिएको जानकारी दिए ।