close

तानसेनका बालबालिकालाई लिटो, सुन्दरबजारमा इन्टरनेट जोडौँ छिटो (भिडियो खबर) 

तानसेनका बालबालिकालाई लिटो, सुन्दरबजारमा इन्टरनेट जोडौँ छिटो (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मनकामना चोकदेखि कान्तिराजपथसम्म गमलासहितको फूलका बिरुवा रोप्न सुरु, अभियानको नगरप्रमुख हरिबहादुर महतले गरे उद्घाटन । 


२) बलियो नेपाल संस्थाले पाल्पाको तानसेन नगरपालिकालाई लिटो र माल्टोजिन हस्तान्तरण गर्‍यो, संस्थाले प्रदान गरेको पोषण सामग्री नगरप्रमुख अशोक शाहीद्वारा बालबालिकालाई वितरण ।

 
३) लमजुङको सुन्दरबजार नगरपालिकाले पालिकाबासीलाई इन्टरनेट जडानका लागि तार र राउटर निःशुल्क दिने, मासिक शुल्क भने पालिकाबासीले तिर्नुपर्ने । 


४) ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा महिला, आदिवासी जनजाति र अपांगता भएकालाई व्यवसाय दर्ता शुल्क तथा वार्षिक करमा ५० प्रतिशत छुट दिने निर्णय, अन्य शीर्षकका करमा पनि छुट दिइने । 


५) स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा कर्मचारीका लागि क्षमता विकाससम्बन्धी तालिम जारी, सात दिने तालिलमा २५ कर्मचारीको सहभागिता । 


६) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा कर्मचारीका लागि पुनर्ताजगी तालिम आयोजना, तालिम ५ भदौसम्म चल्ने । 


७) सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ स्थित तागु खोलामाथि झोलुंगे पुल निर्माण, पालिकाका अध्यक्ष टासी लामाले गरे पुलको उद्घाटन ।

 
८) रामेछापको मन्थली नगरपालिकाले एक जना वित्तीय साक्षरता सहजकर्ता करारमा नियुक्त गर्ने, प्रयोगात्मक र लिखित परीक्षा ८ भदौमा हुने । 


९) कोरोनाको जोखिम बढेपछि इलामको माई नगरपालिकाले निषेधाज्ञा झन् कडा गर्‍यो, एक साता निषेधाज्ञा गर्ने पालिकाको निर्णय । 

 

१०) तनहुँको ऋषिङ गाउँपालिकाले स्वैच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता नलिने लाभग्राहीलाई सम्मान गर्ने, पालिकाले सूचना निकालेर इच्छुकलाई वडा कार्यालयमा जानकारी गराउन आग्रह गर्‍यो । 


११) काभ्रेको नमोबुद्ध नगरपालिकाले जयटार, जनक मावि-चुवाने सडक निर्माण गर्न विद्युतीय बोलपत्र आह्वानसम्बन्धी सूचना जारी गर्‍यो, विस्तृत विवरणसहितको सूचना कार्यालयको वेबसाइटमा हेर्न सकिने  । 


१२) मोरङको लेटाङ नगरपालिका-२ ले लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बाँड्न थाल्यो, नेपाल-बंगलादेश बैंकको बुधबारे शाखाबाट भत्ता बुझ्न सकिने । 

 

१३) ललितपुर महानगरपालिकाद्वारा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप र बन्ध्याकरण गरी नो रेबिज, नो बेबिज अभियान जारी, अभियानमा स्नेहा केयरले दियो साथ । 

 

१४) काठमाडौं महानगरपालिकाले नउठाउँदा चोक-चोकमा थुप्रियो फोहोरको डंगुर, फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएको भन्दै महानगर पन्छिएको पालिकाबासीको गुनासो । 


१५) रूपन्देहीको सैनामैना नगरपालिकाद्वारा गाउँ ब्लक जग्गाको नापी सुरु, नगरप्रमुख चित्रबहादुर कार्कीले गरे नापीको उद्घाटन । 

 

१६) काभ्रेको पनौती नगरपालिकाले अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने, सहायक सामग्री चाहिनेले पालिकामा १५ दिनभित्र निवेदन दिनुपर्ने । 

 

१७) दाङको गढवा गाउँपालिकाले नदीजन्य पदार्थ संकलन गर्न विद्युतीय बोलपत्र आव्हनको सूचना जारी गर्‍यो, इच्छुकले ३० दिन भित्र कागजपत्रसहित पालिकामा सम्पर्क गनुपर्ने । 


१८) उदयपुरको कटारी नगरपालिकाले ७ भदौदेखि विद्यालय खोल्ने, विद्यार्थीको उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने पालिकाको निर्णय । 

 

१९) देशभर पालिकाले तोकेको केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता । 

 

२०) कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले हरेक साताको शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गर्ने ।