close

कटारीका विद्यालय खुले, काठमाडौंका जनप्रतिनिधिले फोहोर उठाउन भुले (भिडियो खबर)

कटारीका विद्यालय खुले, काठमाडौंका जनप्रतिनिधिले फोहोर उठाउन भुले (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ ले हालसम्म गरेका गतिविधिबारेमा बुलेटिन प्रकाशन गर्‍यो, नगरप्रमुख चित्रबहादुर कार्कीले गरे बुलेटिनको विमोचन । 


२) देशभर पालिकाले तोकेको केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता । 


३) इलामको सूर्योदय नगरपालिकाको आयोजनामा उद्धार कार्यसम्बन्धी तालिम सम्पन्न, चार दिने तालिममा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता । 


४) काठमाडौं महानगरपालिकाले नउठाउँदा चोक-चोकमा थुप्रियो फोहोरको डंगुर, फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएको भन्दै महानगर पन्छिएको पालिकाबासीको गुनासो । 

 

५) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले टोलटोलमा मेयर कार्यक्रमअन्तर्गत वडा नम्बर ७ का स्थानीयसँग विकास निर्माणबारे छलफल गर्‍यो, वडामा नयाँ योजना थप गर्न स्थानीयको माग । 


६) सप्तरीको कञ्चनरूप नगरपालिकाले निजी अस्पताल तथा क्लिनिकलाई अनुमति लिन र नवीकरण गर्न सूचना जारी गर्‍यो, दस दिनभित्र दर्ता र नवीकरण गरिसक्नुपर्ने । 

 

७) कपिलवस्तुको वाणगंगा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने, पालिकाले सामग्री विद्यालयलाई हस्तान्तरण गर्‍यो ।  


८) उदयपुरको कटारी नगरपालिकाले विद्यालय सञ्चालनमा ल्यायो, विद्यार्थीको उपस्थितिमा पठनपाठन सुरु । 

 

९) मोरङको लेटाङ नगरपालिकाले कृषि व्यवसाय प्रवद्धन र कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गर्ने, कृषक तथा कृषि समूहले १६ भदौभित्र पालिकामा प्रस्ताव पेस गर्नुपर्ने । 


१०) काभ्रेको पनौती नगरपालिकाले अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने, सहायक सामग्री चाहिनेले पालिकामा १५ निवेदन दिनुपर्ने । 

 

११) दाङको गढवा गाउँपालिकाले नदीजन्य पदार्थ संकलन गर्न विद्युतीय बोलपत्र आह्वानको सूचना जारी गर्‍यो, इच्छुकले ३० दिनभित्र कागजपत्रसहित पालिकामा सम्पर्क गनुपर्ने । 


१२) धनुषाको शहिदनगर नगरपालिकाले विद्यार्थीको उपस्थितिमा विद्यालयमा पठनपाठन सुरु गर्‍यो, विद्यालयमै गएर पढ्न पाउँदा विद्यार्थी दंग । 

 

१३) तनहुँको ऋषिङ गाउँपालिकाले स्वैच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता नलिने लाभग्राहीलाई सम्मान गर्ने, पालिकाले सूचना निकालेर इच्छुकलाई वडा कार्यालयमा जानकारी गराउन आग्रह गर्‍यो । 


१४) काभ्रेको नमोबुद्ध नगरपालिकाले जयटार, जनक मावि-चुवाने सडक निर्माण गर्न विद्युतीय बोलपत्र आह्वानसम्बन्धी सूचना जारी गर्‍यो, विस्तृत विवरणसहितको सूचना कार्यालयको वेबसाइटमा हेर्न सकिने  । 


१५) ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा महिला, आदिवासी जनजाति र अपांगता भएकालाई व्यवसाय दर्ता शुल्क तथा वार्षिक करमा ५० प्रतिशत छुट दिने निर्णय, अन्य शीर्षकका करमा पनि छुट दिइने । 

 

१६) महोत्तरीको गौशाला नगरपालिकाले सञ्चालन गरेको गौशाला प्राविधिक शिक्षालयमा डिप्लोमा र प्रमाणपत्र तहको कक्षा सञ्चालन हुने, इच्छुक विद्यार्थीले १८ भदौभित्र आवेदन दिनुपर्ने । 


१७) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मनकामना चोकदेखि कान्तिराजपथसम्म गमलासहितको फूलका बिरुवा रोप्न सुरु, फूलै फूलको सहर बनाउने पालिकाको योजना । 


 १८) कोरोना संक्रमण बढेपछि रामेछाप नगरपालिकाले अत्यावश्कबाहेकका सबै सेवा बन्द गर्‍यो, जिल्लामा १० भदौसम्म निषेधाज्ञा जारी । 

 

१९) कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको धनगढी पोलिटेक्निक इन्स्टिच्युटले डिप्लोमा तहमा विद्यार्थी भर्ना आवेदन खुला गर्‍यो, १८ भदौसम्म आवेदन दिन सकिने ।

 

२०) तेह्रथुमको म्याङलुङ नगरपालिकाको आम्बुङ स्वास्थ्य चौकीमा कार्यरत अनमी करिष्मा लिम्बूको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।