close

गोकर्णेश्वरका विद्यालय खुले, तुलसीपुरमा एम्बुलेन्स गुडे (भिडियो खबर)

गोकर्णेश्वरका विद्यालय खुले, तुलसीपुरमा एम्बुलेन्स गुडे (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) गत माघ दोस्रो साता कोरोनाविरुद्धको कोभिडसिल्डको पहिलो मात्रा लगाएका ताप्लेजुङबासीलाई १६ देखि २० भदौसम्म दोस्रो मात्रा लगाइने, पालिकाले तोके खोप केन्द्र । 


२) ललितपुरको महालक्ष्मी नगरपालिकाको आयोजनामा प्रधानाध्यापकका लागि नेतृत्व विकास सम्वन्धि भर्चुअल तालिम जारी, तालिममा ६५ जनाको सहभागिता । 


३) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरे, विद्यालयले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने । 


४) मोरङको पथरी शनिश्चरे नगरपालिकाले कोरोना संक्रमितसँग घुलमिल भएका व्यक्तिको स्वाब संकलन गरि परीक्षण गर्‍यो, कोरोना रोकथाम तथा नियन्त्रणमा पालिका थप सक्रिय । 


५) दाङको लमही नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आधारभूत तालिम सम्पन्न, अब मेलमिलापबाट विवाद समाधान गरिने । 


६) सर्लाहीको लालबन्दी नगरपालिकाले तरकारी तथा पशु बजार ठेक्का लगाउन सूचना जारी गर्‍यो, इच्छुकले दरभाउपत्र पेश गर्नुपर्ने । 


७) हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीमा नेपाल टेलिकमको फोरजी टावर निर्माण हुने, हेलिकोप्टरबाट सामान ढुवानी गर्न सुरु । 


८) भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यरत सवारी चालक राजकुमार दाहालको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द, दाहाल २०७४ सालदेखि हलुका सवारीसाधन चालकका रूपमा थिए कार्यरत । 


९) ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सुरक्षा गार्ड पदको अन्तिम नतिजा प्रकाशन गर्‍यो, सफल उम्मेदवारले सात दिन भित्र पालिकामा सम्पर्क गनुपर्ने । 


१०) दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को उरहरी स्वास्थ्य संस्थालाई पालिकाले एम्बुलेन्स हस्तान्तरण गर्‍यो, एक वडा एक एम्बुलेन्सको योजना साकार हुँदै । 

 

११) पालिकास्तरीय पाश्र्व चित्र तथा शिक्षा योजना निर्माणका लागि ताप्लेजुङमा बन्यो कार्यदल, ८ सदस्यीय प्राविधिक कार्यदल गठन । 

 

१२) सामुदायिक विद्यालयलाई शिक्षकको तलबी प्रतिवेदन पेश गर्न भोजपुरको पौवादुङमा गाउँपालिकाले जारी गर्‍यो सूचना, विवरण राष्ट्रिय कितावखानामा प्रमाणितका लागि पठाईने । 


१३) काठमाडौं महानगरले नउठाएपछि नागरिक अभियानद्वारा फोहोर उठाउन सुरु, फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्‍याईने । 

 

१४) कोरोनाको कारण बन्द रहेका विद्यालय खुलाउन मोरङको विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसँग छलफल सुरु गर्‍यो, वस्तुस्थिति अध्ययन गर्न ७ सदस्यीय समिति गठन । 

 

१५) इलाम नगरपालिकाले एक कार्यक्रम आयोजना गरि पुनर्गठन गरिएको खेलकुद समितिलाई दियो बधाई, समितिले अब आफ्ना गतिविधि अघि बढाउने । 

 

१६) झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्रका कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई १६ भदौदेखि खोप लगाउने, विद्यार्थीले  प्रवेशपत्र अनिवार्य ल्याउनुपर्ने । 


१७) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आयोजना छनौट गरि पठाउन सूचना जारी गर्‍यो, उपभोक्ता समिति गठन गरि २० भदौभित्र स्थानीयले पालिकामा सम्पर्क गर्नुपर्ने । 

 

१८) रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रविधिमैत्री बन्दै, वडा सदस्य र टोल विकासका प्रतिनिधिलाई अनलाइन प्रणाली र एप्लिकेसनबारे वडा वडामा पुगेर जानकारी दिन थालियो । 

 

१९) जिल्ला कोभिड व्यवस्था केन्द्रले हुम्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार विद्यालय सञ्चालन गर्न दियो अधिकार, अब पालिकाले अवस्था हेरी विद्यालय खोल्ने । 


२०) कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ को कार्यालयले नवनिर्मित भवनबाट सेवा दिन थाल्यो ।