close

ललितपुरमा नेपाल भाषा सिक्ने होड, वीरेन्द्रनगरले दियो तालिममा जोड (भिडियो खबर)

ललितपुरमा नेपाल भाषा सिक्ने होड, वीरेन्द्रनगरले दियो तालिममा जोड (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर क्षेत्रमा मास्कविना प्रवेश निषेध अभियान सुरु गर्‍यो, मास्क बैंक पनि स्थापना । 


२) गोरखा नगरपालिकाका विद्यालय २८ भदौदेखि सञ्चालन हुने, शिक्षा समितिको बैठकले गर्‍यो यस्तो निर्णय । 


३) म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगायो, एक करोड ५० लाख बढीको क्षति । 


४) दाङको तुलसीपुर नगरपालिकाको टरिगाउँ विमानस्थलमा हवाई इन्धन डिपो राखिने, नगरप्रमुख घनश्याम पाण्डेले गरे डिपोको शिलान्यास । 


५) भोजपुर नगरपालिका क्षेत्रका विद्यालय १ असोजबाट नियमित रूपमा संचालन गरिने, कोरोना जोखिम कम हुँदै गएको भन्दै भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने पालिकाको निर्णय । 


६) सप्तरीको राजविराज नगरपालिकाले बिजुलीबत्तीका सामान खरिद गर्न सिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित गर्‍यो, दरभाउपत्रमा सहभागी हुने इच्छुक कम्पनीले पालिकामा सम्पर्क गर्नुपर्ने । 


७) ललितपुर महानगरपालिका अन्तर्गत सुरक्षा साथै सामाजिक सेवा प्रदान गरिरहेका ७८ जना नगर प्रहरीहरूलाई नेपाल भाषाको प्रशिक्षण दिन सुरु, प्रशिक्षण दुई सातासम्म चल्ने । 


८) गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आए, दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरु ।

 

९) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा महिलाका लागि लेखापढी सम्बन्धी तीन दिने तालिम जारी, तालिममा ५० जनाको सहभागिता । 


१०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र । 


११) इलामको माङुसेबुङ गाउँपालिकाले एक जना उद्यम विकास सहजकर्ता करारमा नियुक्त गर्ने, इच्छुकले ४ असोजभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


१२) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कुशे औँसीको अवसरमा २२ भदौमा सार्वजनिक बिदा दिने, पालिका र मातहतका कार्यालय बन्द हुने । 


१३) झापाको झापा गाउँपालिका वडा नम्बर २ मा रहेको कुवाडी देवी माध्यमिक विद्यालयको नयाँ भवन बन्ने, पालिका अध्यक्ष जयनारायण शाहले गरे भवनको शिलान्यास । 


१४) सप्तरीको डाक्नेश्वरी नगरपालिकाले ऐलानी तथा सरकारी जग्गा खोजी गर्न सुरु गर्‍यो, दुई दिन भित्र विवरण पठाउन वडालाई पालिकाको ताकेता । 


१५) काठमाडौंको शंखरापुर नगरपालिकाले एक जना उद्यम विकास सहजकर्ता करारमा नियुक्त गर्ने, इच्छुकले ४ असोजभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।