close

सन्धिखर्कमा सेवाग्राहीलाई सेवा, जैमिनीमा पशु पल्टनको टेवा (भिडियो खबर)

सन्धिखर्कमा सेवाग्राहीलाई सेवा, जैमिनीमा पशु पल्टनको टेवा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीसँग अध्यक्ष कार्यक्रमअन्तर्गत विपन्न विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने, ६ असोजसम्म आवेदन दिनुपर्ने ।

 

२) विद्यालय सञ्चालनको अधिकार पालिकालाई नै दिइएपछि खुल्न थाले विद्यालय, रूपन्देहीको देवदह नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय २७ भदौदेखि सञ्चालन गरिने । 

 

३) रोल्पा नगरपालिकाले व्यावसायिक करमा ६० प्रतिशत छुट दिने, आलोपालो प्रणालीबाट विद्यालय पनि नियमित सञ्चालनमा ल्याउने पालिकाको निर्णय ।

 

४) सिन्धुलीको कमलामाई नगरपालिकाले सहकारी संस्थालाई लेखा परीक्षण र साधारण सभाको प्रतिवेदन पठाउन सूचना जारी गर्‍यो, जतिसक्दो चाँडो प्रतिवेदन पठाउनुपर्ने । 

 

५) बागलुङको जैमिनी नगरपालिकाले नगरप्रमुख कृषि तथा पशु पल्टन कार्यक्रम साझेदारीमा सञ्चालन गर्न सूचना प्रकाशन गर्‍यो, इच्छुक संघसंस्थाले पालिकामा प्रस्ताव पेस गर्नुपर्ने ।

 

६) निजामती सेवा दिवसको अवसरमा धादिङको सिद्घलेक गाउँपालिकाले वृक्षारोपण र सरसफाइ कार्यक्रम आयोजना गर्‍यो, कार्यक्रममा कर्मचारीको सहभागिता ।

 

७) ललितपुर महानगरपालिकाले ७८ जना नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण दिन सुरु गर्‍यो, प्रशिक्षण ३ असोजसम्म चल्ने । 


८) गत वैशाखदेखि बन्द भएका रामेछाप नगरपालिकाका विद्यालय २५ भदौदेखि सञ्चालनमा आउने,  भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने पालिकाको निर्णय । 


९) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा महिलाका लागि लेखापढीसम्बन्धी तीन दिने तालिम सम्पन्न, तालिममा ५० जनाले जनाएका थिए सहभागिता । 


१०) बर्दियाको बाँसगढी नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पार्‍यो, कक्षा १ देखि ५ कक्षाका विद्यार्थीले पुस्तक पढ्न पाउने ।

 
११) निजामती सेवा दिवसको अवसरमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले पहिलो सेवाग्राही विमला कुमाललाई सम्मान गर्‍यो, पालिकाले दिने सेवालाई अझ चुस्त बनाइने । 


१२) ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न काठमाडौंको दक्षिणकाली नगरपालिकाले कपडा खरिद गर्ने, पालिकाले सिलबन्दी दरभाउपत्र आह्वानको १५ दिने सूचना जारी गर्‍यो । 


१३) मवकानपुरको भीमफेदी गाउँपालिकाले पूर्वाधार उपयोग सेवाशुल्क संकलन कार्यको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना जारी ग¥यो, इच्छुक व्यक्ति तथा कम्पनीले कागजातसहित पालिकामा दरभाउपत्र पेस गर्नुपर्ने । 


१४) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र । 


१५) सुर्खेतको लेकबेँसी नगरपालिका क्षेत्रका विद्यालय २७ भदौबाट नियमित रूपमा सञ्चालन गरिने, कोरोना जोखिम कम हुँदै गएको भन्दै भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने पालिकाको निर्णय । 


१६) सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको जनजागृति माविमा चारकोठे भवन बन्ने, उपभोक्ता समितिमार्फत भवन निर्माण गरिने । 


१७) कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाइन करदाता पोर्टल तयार गर्‍यो, अब कर घरबाटै तिर्न सकिने । 


१८) मनाङका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव, जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन । 


१९) सोलुखुम्बुको सोताङ गाउँपालिकाले सोताङ अस्पतालमा डीआर एक्सरे मेसिन सञ्चालनमा ल्यायो, पालिकाबासी एक्सरे गर्न अब अन्यत्र जानु नपर्ने । 


२०) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कुशे औँसीको अवसरमा दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द  ।