close

पालिकामा दिनभरः बागलुङमा गोल्डेन ब्रिजको नामकरण, सिदिङ्वामा खोजियो खोपको विवरण (भिडियो खबर)

पालिकामा दिनभरः बागलुङमा गोल्डेन ब्रिजको नामकरण, सिदिङ्वामा खोजियो खोपको विवरण (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) ५५औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, कार्यक्रममा सहभागी विद्यार्थीलाई बाँडियो पुरस्कार ।

 

२) गत वैशाखदेखि बन्द भएका दाङको तुलसीपसर उपमहानगरपालिकाका विद्यालय २७ भदौदेखि सञ्चालनमा आउने,  भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने पालिकाको निर्णय । 

 

३) लमजुङको बेँसीसहर नगरपालिकाले विभिन्न पदमा तीन जना कर्मचारी करारमा भर्ना गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 

४) झापाको भद्रपुर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईको सरुवा, पालिकाले कार्यक्रम आयोजना गरी भट्टराईलाई गर्‍यो बिदाइ ।

 

५) काठमाडौंको तारकेश्वर नगरपालिकाका विद्यालय २७ भदौदेखि सञ्चालन हुने, शिक्षा समितिको बैठकले गर्‍यो यस्तो निर्णय ।

 

६) तनहुँको शुक्लागण्डकी नगरपालिकाले पशु शाखाअन्तर्गत चालू वर्षको कार्यक्रमका लागि निवेदन पेस गर्न सूचना जारी गर्‍यो, इच्छुक कृषकले ३० दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।

 

७) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि चालू वर्ष कार्यक्रम सञ्चालन हुने,  कार्यक्रममा सहभागी हुने फार्म तथा कृषकले १८ असोजसम्म पालिकामा निवेदन दिनुपर्ने । 


८) बागलुङ र पर्वत जोड्ने विश्वकै लामो झोलुंगे पुललाई बागलुङ नगरपालिकाले गण्डकी गोल्डेन ब्रिज नामकरण गर्‍यो, नाम जुराउने घनश्याम सापकोटालाई पालिकाले २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने ।


९) ललितपुर महानगरपालिकाले ७८ जना नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण दिन सुरु गर्‍यो, प्रशिक्षण ३ असोजसम्म चल्ने ।

 

१०) कपिलवस्तुको विजयनगर गाउँपालिकाले ढुंगा, गिटी र बालुवाको बिक्री कर संकलन गर्न विद्युतीय बोलपत्र आह्वानको सूचना  जारी गर्‍यो, इच्छुक कम्पनीले २२ असोजसम्म बोलपत्रमा भाग लिनुपर्ने ।

 

११) बाँकेको कोहलपुर नगरपालिकाले हरितालिका तिजको अवसरमा २४ भदौमा दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द हुने ।

 

१२) झापाको दमक नगरपालिकाले सिटी सफारीको ब्लुबुक नवीकरण गर्न जारी गर्‍यो सूचना, भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने ।

 

१३) सिन्धुलीको दुधौली नगरपालिकाको निपाने स्वास्थ्य चौकीमा कार्यरत अहेब भीमबहादुर बस्नेतको निधनको शोकमा पालिकाले दियो शोक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।

 

१४) विद्यालय सञ्चालनको अधिकार पालिकालाई नै दिइएपछि खुल्न थाले रूपन्देहीका विद्यालय, तिलोत्तमा नगरपालिकाभित्रका विद्यालय ४ असोजदेखि सञ्चालन गरिने ।

 
१५) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले वडा नम्बर ६ को कार्यालयमा रहेको ६ वटा सटर र २ वटा कबल भाडामा लगाउने, इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्ने ।

 

१६) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभरिका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कोभिड-१९ विरुद्धको खोप लगाए-नलगाएको विवरण माग गर्‍यो, २५ भदौभित्र विवरण पठाउनुपर्ने । 


१७) कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने, पहिलो चरणमा १४ युवाले पाए शून्य ब्याजदरमा सहुलियत कर्जा ।

 

१८) डडेलधुराको परशुराम नगरपालिकाले एक जना सूचना प्रविधि अधिकृत करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 

१९) काभ्रेको नमोबुद्ध नगरपालिकाको आयोजनामा जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापन योजना कार्यशाला गोष्ठी सम्पन्न, कार्यक्रममा विभिन्न सरोकारवालाको सहभागिता ।

 

२०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।