close

पालिकामा दिनभरः कालीगण्डकीमा बिजुलीको चुह्लो, बुटवलमा नगरप्रहरीको जागिर खुल्यो (भिडियो खबर)

पालिकामा दिनभरः कालीगण्डकीमा बिजुलीको चुह्लो, बुटवलमा नगरप्रहरीको जागिर खुल्यो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सुर्खेतको गुर्भाकोट नगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा-सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय समीक्षा सम्पन्न । 


२) काठमाडौंको चन्द्रगिरि नगरपालिकामा १ असोजबाट विद्यालय खुल्ने, भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने पालिकाको निर्णय । 


३) सुनसरीको दुहवी नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा लगायो रोक, पालिकाको निर्देशन अटेर गर्नेलाई कारबाही गरिने । 


४) रूपन्देहीको बुटवल उपहानगरपालिकाले नगर प्रहरी र फायरमेन करारमा भर्ना गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


५) चितवनको भरतपुर महानगरपालिका सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्ने अभियानमा, पालिकाले वडा नम्बर २४ मा आधारभूत स्वास्थ्य कार्यालय भवनको शिलान्यास गर्‍यो । 


६) ललितपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन नयाँ भवन तयार, नवनिर्मित भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले गरे उद्घाटन । 


७) गाउँपालिका राष्ट्रिय महासंघ नेपालद्वारा सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी कर्णाली प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिलगायतको सहभागिता । 


८) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा डाँडापारिका स्थानीयसँग जनतासँग मेयर कार्यक्रम सम्पन्न, कार्यक्रममा नगरबासीले राखे विभिन्न गुनासा ।

 
९) उच्च अदालतल दिपायल महेन्द्रनगरले नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्न कञ्चनपुरको भीमदत्त नगरपालिकासहित सात जनाका नाममा परमादेश जारी गर्‍यो, फोहोर व्यवस्थापन नहुँदा नगरबासी सास्ती खेप्दै ।


१०) उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न आउन रूपन्देहीको कोटहीमाई गाउँपालिकाले सूचना जारी गर्‍यो, १५ कात्तिकसम्म समिति गठन गरिसक्नुपर्ने । 


११) विद्यालय सञ्चालनको अधिकार पालिकालाई नै दिइएपछि बैतडीका १० वटै स्थानीय तहका विद्यालय खुले, विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु ।


१२) काभ्रेको धुलिखेल नगरपालिकाले सिएमसी नेपालको सहकार्यमा मानसिक स्वास्थ्यसम्बन्धी साझेदारी कार्यक्रम सञ्चालन गर्ने, पालिका र सिएमसीबीच सम्झौता । 


१३) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि चालू वर्ष कार्यक्रम सञ्चालन हुने,  कार्यक्रममा सहभागी हुने फार्म तथा कृषकले १८ असोजसम्म पालिकामा निवेदन दिनुपर्ने । 


१४) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र । 

 

१५) बागलुङ नगरपालिकाले आगामी ४ असोजदेखि पालिकाभित्रका विद्यालय खुलाउने, दैनिक चार घन्टा पठनपाठन सञ्चालन गर्ने शिक्षा समितिको निर्णय । 


१६) स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा दलित समुदायलाई दलित बस्ती विकास कार्यक्रमअन्तर्गत इन्डक्सन चुल्हो वितरण, ९८ घरधुरीले पाए चुल्हो । 


१७) राष्ट्रिय जनगणना २०७८ का लागि झापाका १५ पालिकामा सुपरिवेक्षक परिचालन, १५० सुपरिवेक्षकले तथ्यांक संकलन गर्ने । 


१८) गोरखाको अजिरकोट गाउँपालिकाले वडा नम्बर १ का पहिरो पीडित पाँच घरपरिवारलाइ विभिन्न संस्थाको सहयोगमा ३० हजारका दरले रकम उपलब्ध गरायो, रकम पाउँदा पीडित दंग । 


१९) दाङको तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय समीक्षा जारी, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने पालिकाको योजना । 


२०) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको सेवा प्रवाहलगायतका विषयमा पत्रकारसँग अन्तरक्रिया सम्पन्न ।